Comments Add Comment

सुडान घोटालामा दोषी ठहरिएका दुई पूर्वप्रहरी प्रमुख जेल चलान

आत्मसमर्पण गरेकाले २० प्रतिशत सजाय माफी हुने

क्रमशः ओमविक्रम राणा र हेमवहादुर गुरुङ

सुडान घोटाला प्रकरणमा सर्बोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वप्रमुखसहित चार जनालाई जेल चलान गरिएको छ ।

पूर्वआईजीपी ओमविक्रम राणा, हेमवहादुर गुरुङ, पूर्वएआईजीपी दिपकसिंह थाङ्देन र पूर्वडीआईजी दिपक श्रेष्ठलाई डिल्लीबजार कारगार चलान गरिएको छ ।

उनीहरूले बुधबार सर्बोच्च अदालतमा आत्मसमर्पण गरेका थिए । लगतै सर्वोच्चको फैसला अनुसार जेल चलान गरिएको हो ।

सर्बोच्च अदालतका तत्कालिन प्रधान्यायाधीश सुशीला कार्कीको इजलालसले विशेष अदालतले फैसलामा उल्टाउँदै सुडानको डार्फरमा पठाइने एपिसी खरिदमा भ्रष्टाचार गरेको ठहर गरेको थियो ।

सर्वोच्चले पूर्व प्रहरी प्रमुख ओमविक्रम राणालाई २ वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाइएको थियो । अर्का पूर्व प्रहरी प्रमुखद्वय रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई जनही एक वर्ष कैद र ४० हजार जरिवानाको फैसला तोकिएको छ ।

अदालतले फैसला सुनाएको ६० दिनभित्र आत्मसमर्पण गरेमा उनीहरुको २० प्रतिशत सजाय माफी हुने कानुनी व्यवस्था छ।त्यही सुविधाका लागि राणा र गुरूङले आत्मसमर्पण गरेका हुन् । पूर्वप्रहरी प्रमुख रमेशचन्द ठकुरी अदालतमा उपस्थित भएका छैनन् ।

जेल चलान गरिएका दिपक सिंह थाङ्देनलाई जनही एक वर्ष कैद र ४० हजार जरिवाना र दिपककुमार श्रेष्ठलार्इ ६ महिना कैद र ३० हजार जरिवानाको सजाय तिकिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment