१९ असार, कैलाली । कैलालीको गौरीगांगा नगरपालिकाका एमालेले जितेको छ । एमालेका भीमबहादुर देउवा ५८९१ मत ल्याएर मेयरमा निर्वाचित भए ।
उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका देवीदत्त कँडेले ५८३० मत ल्याए । जम्मा ६१ मतान्तरले एमालले जितेको हो । कांग्रेसका दिनेश जोशीले ५२९२ मत ल्याए ।
उपमेयरमा पनि एमाले नै विजयी भएको छ । एमालेकी अञ्चला चौधरीले ६१६३ मत ल्याएर जितिन् ।
उनकी निकटतम प्रतिद्वन्द्वी माओवादीकी करुणा चौधरीले ५३७३ मत ल्याइन् । कांग्रेसकी मेनका जोशीले ५३४९ मत ल्याएर हार बेहोरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4