+
+

निलुको संझनामा केकीको पत्र

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २० गते ११:१६


प्रिय निलु,
आज तिमीले हामीलाई छाडेर गएको पनि ४ दिन भैसकेको छ। केकु तिमी कत्ती सजिलै मनमा लागेका कुराहरु कति राम्ररी लेख्न सक्छौ भन्थ्यौ नि तर कहिले काहिँ मनका भावनाहरु,यादहरु सब्दमा उतार्न एकदम सकस हुदो रैछ। यो सायद मेरो पहिलो लेखेको कुरा हुनेछ जुन तिमी पढ्ने छैनौ अनि यो बारे केही भन्ने छैनौ। I love you keku भनेर तिमीले मलाई अन्तिममा भनेको सब्दहरु बारबार दिमागमा घुमिरहेकोछ। सधै खुशी मात्र दिने मान्छेले यती पीडा पनि दिन सक्छ भनेर मैले कहिले सोचेकै थिइनँ ।

तिम्रो उपस्थिति मात्रले माहोलमा कति फरक पार्थ्यो , सबलाई हँसाउनु पर्ने तिमी कति राम्रो मान्छे थियौ भन्ने कुरा मैले तिमीलाई कहिल्यै भन्न पाइनँ। समय जत्ती पनि छ्दै छ नि जस्तो लाग्थ्यो तर समय नै त हाम्रो हातमा नहुदो रैछ। यसको अपसोच मलाई सधै हुनेछ। जन्मेपछी मृत्यु शाश्वत कुरा हो तर यो सत्यलाई  मैले स्विकार्न सकेकै छैन र अझै कति समय लाग्ने हो त्यो पनि थाहा छैन। तिमीले हरेक तिमीलाई भेटेका,जानेका अनि तिमीलाई नजिकबाट बुझेकाहरुमा धेरै प्रभाव पारेको छौ निलु अनि यो अभाव हाम्रो जिवनमा कसैले पुरा गर्न सक्दैन।

कोही कोहि मान्छे जिन्दगीमा यसरी आँउछ उस्ले नमेटिनेगरि आफ्नो छाप छोडेर जान्छ। तिम्रो अधुरो सपनाहरु पुरा गर्न त नसकुँला तर तिमीले जानी नजानी सिकाएर गएको पाठलाई जीवन रहेसम्म लागू गर्ने प्रयास गर्छु । तिम्रो जस्तै मायालु मन भगवानले सबैलाई दिए, यो संसार एकदम सुन्दर ठाँउ हुनेथ्यो। मलाई बिस्वास छ तिमी आज जहाँ पनि छौ त्यो ठाँउमा पनि यस्तै प्रभाव पार्नेछौ। तिम्रो आत्माको शान्तिको कामना गर्छु सधैं भगवानसँग।

धेरै धेरै माया निलु!!
उहि तिम्रो प्यारी केकु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?