+
+

कात्तिक तेस्रो साताबाट सेयर कारोबार अनलाइनबाट गर्न पाइने

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २३ गते १०:२३


२३ असार, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को स्वचालित अनलाइन कारोबार प्रणाली निर्माण गरिरहेको वाइको प्रालिले कात्तिकको तेस्रो साताबाट यसको प्रयोग गर्न सक्ने भएको उल्लेख गरेको छ ।

बुधवार अनलाइन कारोबार प्रणालीको विकासक्रम बारे जानकारी उदेश्यले नेप्सेमा भएको कार्यक्रममा वाइकोका परियोजना व्यवस्थापक सञ्जय चौधरीले यस्तो जानकारी दिएका हुन् । भदौंमा नै कम्पनीले यसको परिक्षण गर्ने भएको छ ।

दुई पक्षबीच भएको सम्झौता बमोजिम परियोजनाको विकास सन्दर्भमा यसको संयोजक समिति मार्फत पृष्ठपोषण तथा आवश्यक रायसुझावका लागि सरोकारवालाहरु लाई सहभागी गराउने समेत नेप्सेले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?