+
+

समस्याग्रस्तबाट फुकुवा भएको अरुण फाइनान्सले हकप्रद जारी गर्ने, कस्तो छ कम्पनी ?

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २३ गते ११:४५


२३ असार, काठमाडौं । राष्ट्र बैंकले २०७३ माघबाट समस्याग्रस्त संस्थाबाट फुकुवा गरेको अरुण फाइनान्सको १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीले राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी ८० करोड पुर्याउने तयारीको क्रममा हकप्रद सेयर जारी गर्न लागेको भएपनि हकप्रद पनि पनि यो रकम भने नपुग्ने देखिएको छ । नयाँ संस्थापकहरुले ६० प्रतिशत सेयर स्वामित्व लिएका र हकप्रद वापतको केही रकम हालेको भएपनि हाल चुक्ता पुँजी १५ करोड मात्र रहेको छ । पुँजी नपुग्नेभएपछि कम्पनीले यसपछि पनि पुनः हकप्रद सेयर जारी गर्ने योजना बनाएको छ ।

कम्पनीले इक्रा नेपालबाट ग्रेड ५ रेटिङ पाएको छ । यसले कम्पनीको समग्र आधारभुत पक्ष निकै कमजोर रहेको संकेत गर्छ । २०७१ माघदेखि समस्याग्रस्त भएर रहेको कारण पनि कम्पनीको अवस्था नाजुक देखिएको हो ।

सकारात्मक पक्ष

पुँजी पर्याप्तता अनुपात २४ प्रतिशत (११ प्रतिशत भए पुग्ने)

नयाँ सञ्चालक समितिको प्रवेश पछि व्यवसायिक सम्भावना खोजी हुँदै

नकारात्मक पक्ष

कमजोर सम्पत्तीको गुणस्तर (९१ प्रतिशत)

१८ करोड ५० लाख सञ्चित नोक्सान

७ करोड ३० लाख संस्थापकहरुले हालेपनि नेटवर्थ प्रतिसेयर ४७ रुपैयाँ मात्र

समस्याग्रत रहेको कारण कर्जा र निक्षेप घटेपछि केन्द्रीकरण ( २० प्रमुख निक्षेपकर्ताको हिस्सा ९० प्रतिशत र २० प्रमुख ऋणीमा ५४ प्रतिशत कर्जा लगानी)

असुली कमजोर र गैर बैंकिङ सम्पत्ती पनि सन्तोषजनक नरहेको

मात्रै २ शाखा सञ्चालनमा

हालको कर्जा निक्षेप अनुपात २०० प्रतिशत

अन्य

५ करोड ८० लाख निक्षेप र ३ करोड कर्जा लगानी

सुधा अर्याल १३ प्रतिशत सेयर स्वामित्व, जीवन कुमारी अर्यालको १३ प्रतिशत, नव दत्त काफ्ले १० प्रतिशत, जयराम नेपाल ९ प्रतिशत र कुमार पौडेलको ६ प्रतिशत सेयर स्वामित्व

संस्थापक र सर्वसाधारण सेयर स्वामित्व अनुपात ६०ः ४०

गत चैतमा १० लाख रुपैयाँ नाफा

सम्पत्ती ११ करोड २० लाख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?