+
+

होटलहरुले प्रतिग्राहक ३ सय डलरसम्म साट्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २५ गते १४:४५

२५ असार, काठमाडौं । अब होटलहरुले आफ्ना ग्राहकलाई ३ सय अमेरीकी डलरसम्मको सटही सुबिधा पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गर्दै यस खालको व्यवस्था गरेको हो । यसअघि होटलहरुलाई यस खालको सुविधा थिएन ।

होटलहरुले अहिलेसम्म ग्राहकलाई सटही सुबिधा नदिएपनि बिल तिर्दा भने डलरमै तिर्न पाउने सुबिधा दिदैँ आएका थिए ।

अब होटलहरुमा बसेका ग्राहकलाई थोरै डलर भएपनि बैंक वा मनी एक्सचेञ्जमै गएर साट्नुपर्ने बाध्यता हटेको छ । यसबाट होेटलहरुलाई सेवा सम्पादनमा सहज हुनेछ ।

होटल एशोसियशन अफ नेपाल (हान)का प्रवक्ता विनायक शाह भन्छन् ‘रकमको आधारमा हेर्दा यो निकै थोरै देखिएपनि यो सुुरुवात हो, बैैंकको स्तरअनुसार यो व्यवस्था फरक फरक हुनपर्ने एउटै भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?