२९ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता पशुपतिशमशेर राणाले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावमा पार्टी भित्र मतभेद रहेको स्विकार गरेका छन् । मतभेदलाई समाधान गर्ने कोशिस पनि पार्टीभित्र भइरहेको उनले जानकारी दिएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेता राणाले पार्टी संविधान संशोधनको पक्षमा रहे पनि पार्टी भित्रका केही नेताहरु त्यसको विपक्षमा रहेको बताए ।
उनले भने, ‘संविधान संशोधनलाई हामीले समर्थन गरेका छौं । मधेसका मुद्दालाई सकारात्मक रुपमा हेरेका छौं र मधेसलाई पर्मोसन गर्नुपर्छ भन्ने पक्षमा छौं । एक-दुई जना केही साथीहरु संशोधनबारे केही चित्त नबुझाएका छन् । उनीहरुलाई हामी कन्भिन्स गर्न सक्छौं ।’
आफूले पटक-पटक मधेसको माग सम्बोधन गरेर जान पनि संविधान संशोधन गर्नुपर्ने अडान लिँदै आएको उनले बताए ।
उनले आफ्नो पार्टी सरकारमा जाने तर त्यसका लागि केही समय कुर्नुपर्ने पनि जानकारी पनि दिए ।
प्रतिक्रिया 4