१३ साउन, काठमाडौं । ६२ करोड रुपैयाँको लागतमा १० वटा स्विट रुम र ६१ वटा डिलक्स गरी ७१ वटा कोठा रहेको मिस्टिक माउन्टेन होटल शुक्रबार (आज)देखि सञ्चालनमा आएको छ ।
नगरकोटमा रहेको ५ तारे होटेलमा पर्यटन व्यवसायी बालकृष्ण ध्वँजुको निजी र एकल लगानी रहेको छ । यसले २७ रोपनी क्षेत्रफल ओगटेको छ ।
पर्यटन तथा होटेल व्यवसायी ध्वँजुले विगतको आफ्नो अनुभवलाई सोही क्षेत्रमै लगानी गरी नगरकोटमा पर्यटन विकासका लागि नयाँ र अति सुविधा सम्पन्न होटेल बनाएको बताए ।
टेनिस कोर्ट, हेल्थ क्लब, दई वटा स्विमिङ पुल, दुई वटा बार, एउटा कफी बारसहितको सो होटेल अशक्तमैत्री रहेको छ ।
दुई जना सुत्ने गरी ट्विन सेयरिङमा डिलक्स स्तरको प्रतिरुमको एकरातको मूल्य ब्रेकफास्ट, स्न्याक्स, वाइन र डिनरसहित कर समावेश गरी १५ हजार रुपैयाँ राखिएको छ ।