+
+

उपेन्द्रको दाबी – तेस्रो चरणको चुनावमा फोरम पहिलो

रासस रासस
२०७४ साउन २७ गते ८:३२


२७ साउन, सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अगामी असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा २ नं प्रदेशमा आफ्नो पार्टी पहिलो पार्टी बन्ने बताएका छन् ।

संघीय समाजवादी फोरम नेपाल, सप्तरीद्वारा बिहीबार राजविराजमा आयोजित चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मधेशी जनताको अधिकार सुनिश्चितताका लागि फोरम नेपाल संघर्षरत रहेको भन्दै फोरम नेपालप्रति मधेशी जनताको विश्वास रहेकाले मधेशको आठ जिल्लामा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरे ।

केन्द्रीकृत राज्यसत्ता र शासन सदियौंदेखि विभेद र उत्पीडनमा पारिएका जनतालाई हस्तान्तरण नगरेकाले पटक–पटक चुनाव गराउँदा मधेशमा ठूलो क्षति पुग्ने गरेको आरोपसमेत उनले लगाए ।

संघीय समाजवादी फोरम नेपाल, सप्तरीका अध्यक्ष दिनेशकुमार यादवको अध्यक्षतामा आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष यादव, केन्द्रीय उपाध्यक्ष एवम् तराई मधेश प्रदेशका संयोजक रेणु यादव र केन्द्रीय उपाध्यक्ष हेमराज राई सहितले प्रशिक्षण दिएका थिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?