+
+

बर्सेनि हराउँदै सीमा स्तम्भ, बर्दियाका ११२ स्तम्भ गायव

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २९ गते ५:५९

२९ साउन, काठमाडौं । बर्दियाको नेपाल र भारत सीमा क्षेत्रका सीमा स्तम्भ बर्सेनि हराउँदै जान थालेका छन्। जिल्लाको मानखोला पूर्वमा रहेको ४१ नम्बरको पिलरदेखि सीमावर्ती कतर्निया मुख्य पिलर नं. ९८ सम्ममा पर्ने ८२ किलोमटिरभित्र पर्ने पिलर बर्सेनि हराउने गरेको पुष्टि भएको छ।

यस वर्ष गुलरिया नगरपालिका–१० महजिदियास्थित गाडिएको ५ वटा सहायक स्तम्भ केही दिनदेखि अघि हराएको छ। बर्सेनि सीमा स्तम्भ गायब हुने गरेको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताए।

नदी तटीयक्षेत्रका सीमा स्तम्भ बाढीले बगाउने प्रशासनले औंल्याए पनि अन्य सीमा स्तम्भ हराउने कारण पुष्टि हुन सकेको छैन। ०७०–०७१ मा १६, ०७१–०७२ मा ६ र ०७३–०७४ मा ५ वटा सीमा स्तम्भ हराएको तथ्याङ्कले देखाएको छ। केही सीमा स्तम्भ साविक ठाउँमा पहिलेदेखि नरहेको थापाले जानकारी दिए। सहायक र ठूला गरी ११२ वटा सीमा स्तम्भ नरहेको प्रशासनको तथ्याङ्कमा उल्लेख छ। आजको नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?