+
+

एनआरएन स्विडेनको चौथो अधिवेशन सम्पन्न, श्रेष्ठ बने अध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ४ गते ८:२९

२० अगस्ट, बार्सिलोना । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्विडेनको चौथो अधिवेशनबाट अर्जुनकुमार श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्। शनिबार राजधानी स्टकहोममा सम्पन्न अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

यसअघि नयाँ नेतृत्वको लागि खिमबहादुर खत्री न्यौपानेको समूहले पनि दाबी गर्दै आएको भए पनि अन्तिम समयमा असन्तुष्टि जनाउँदै निर्वाचन प्रक्रियाबाट बाहिरिएको थियो। न्यौपाने समूहले विज्ञप्ति जारी गरेर निर्वाचन प्रक्रियामा असन्तुष्टि जनाएको हो ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदअन्तर्गत महिला फोरम उपसंयोजक रजनी प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ।

अधिवेशनमा केन्द्रीय पर्यवेक्षकका रुपमा स्बिजरल्याण्डबाट अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य डा. बिनय श्रेष्ठ पुगेका थिए।
श्रेष्ठ नेतृत्वको नयाँ कार्यसमितिको उपाध्यक्षमा टेक बहादुर रोका, छानिएका छन् भने महासचिवमा दिनेश कुमार श्रेष्ठ, सचिवमा राजकुमार पाठक ओमसन, कोषाध्यक्षमा घनाश्यम पुन (लिल),युवा संयोजक प्रमोद अर्याल र महिला संयोजकमा उषा गौतम छानिएका छन् ।

सदस्यमा अम्बिका सिग्देल, लोकेन्द्रबहादुर खड्का, कृष्ण क्षेत्री, विमलकुमार कार्की, भिमबहादुर भण्डारी र प्रदीप सापकोटा चयन भएका छन्। यस्तै आईसीसी सदस्यमा प्रबेश कुवँरलाई अधिवेशनले प्रस्तावित गरेको छ। केन्द्रीय महिला फोरम उप संयोजक प्रधानको उपस्थितिमा स्बिडेनमा महिला फोरम समेत गठन भएको छ ।

यसैबीच, नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले नै बाढीपीडितका लागि २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?