+
+

८ कम्पनीले दशैं अगाडि नै साधारणसभा गर्ने, कसले कति दिँदैछन् लाभांश ?

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २५ गते १२:२३


२५ भदौं, काठमाडौं । यसपटक दशैं अगावै आकर्षक लाभांश सहित बिभिन्न ८ संस्थाले बार्षिक साधारण सभा गर्ने भएका छन् ।
नेप्सेमा सूचीकृत ८ संस्थाले भदौं ३० गतेदेखि नै वार्षिक साधारण सभाको घोषणा गरेका छन् ।

एनआइसी एसिया र अरुण भ्याली हाइड्रोपावरले भदौ ३० गते बार्षिक साधारण सभाको मिती तय गरेका हुन् । यी कम्पनीले क्रमश : २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद लाभांश तथा १० प्रतिशत बोनस र ०.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन् ।

यता, असोज ४ गते वार्षिक साधारण सभा डाँकेको न्याग्दी ग्रुप पावरले १० प्रतिशत बोनस, ०.५ प्रतिशत नगद र ३० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव गरेको छ ।

फस्र्ट माइक्रो फाइनान्सले १५ प्रतिशत बोनस सेयर र २ बराबर १ अनुपात हकप्रद दिने भएको हो । कम्पनीले असोज ८ गते बार्षिक साधारण सभा गर्ने भएको हो ।

सिटिजन्स बैंकले पनि असोज ९ गते बार्षिक साधारण सभा घोषणा गरेको छ । बैंकले १६ प्रतिशत बोनस सेयर ०.८५ नगद लाभांश दिने भएको हो ।

त्यसैगरी, नेको इन्स्योरेन्स, नबिल बैंक र एनबी इन्स्योरेन्स तीन वटै कम्पनीको असोज १० गते बार्षिक साधारण सभा रहेको छ । नेकोले १० प्रतिशत बोनस सेयर र २ बराबर १ अनुपातमा हकप्रद सेयर प्रस्ताव गरेको छ । नबिल बैंकले ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश दिने भएको हो । एनबी इन्स्योरेन्स कम्पनीले भने १० बराबर ८ अनुपातमा हकप्रद सेयर प्रस्ताव गरेको छ ।

असोज ११ गते फुलपाती परेको छ भने त्यसपछि दशैंको विदा सुरु हुनेछ । कम्पनीहरुले घोषणा गरेको बोनस सेयरबाट प्रतिफल पाउन बोनस सेयर नेप्सेमा सूचीकरण हुनु पर्दछ । तर, नगद लाभांश भने साधारण सभा सम्पन भएपछि नै पाउने छन् ।

कम्पनीहरुले प्रस्ताव गरेको नगद लाभांश नियामक निकायबाट पारित भए महत्वपूर्ण चाडपर्व अगाडी नै अग्रिम रुपमा केही रकम भुक्तानी दिने चलन पनि अन्तराष्ट्रिय बजारमा रहेको काठमाडौं क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे बताउछन् । नेपालमा पनि लगानीकर्ताहरुलाई खर्च दिने उदेश्यका साथ केही कम्पनीहरुले दशैं अगाडी नै साधारण सभा गर्ने चलन रहदै आएको पुराना लगानीकर्ताहरु बताउछन् ।

हाल भने प्रक्रियागत ढिलाई, साधारण सभा ढिलो गर्ने कम्पनीहरुको प्रवृत्ती लगायतले पनि महत्वपूर्ण चाड अघि साधारण सभा गर्ने र लाभांश बाड्ने अवस्था रहेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?