+
+

पुनर्वहालीको माग गर्दै गोपाल खड्काद्वारा सर्वोच्चमा रिट दायर

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ४ गते १७:१०

४ असोज, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी प्रमुख गोपालबहादुर खड्काले आफूलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।

खड्काले वारेस मोतिलाल तामाङमार्फत् बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन् । खड्काको रिट निवेदनमा आफूलाई स्पष्टीकरण दिने मौका समेत नदिई हटाइएको भन्दै निर्णय खारेजीका लागि उत्प्रेषणको आदेश माग गरिएको छ ।

आयल निगमको जग्गा खरिद लगायतका गतिविधिमा संलग्न भएको भन्दै गत सोमबारको मन्त्रिपरिषद बैठकले खड्कालाई पदच्यूत गर्ने निर्णय गरेको थियो ।

यस्तो छ उनले दायर गरेको रिट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?