+
+

सिरहामा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु

यमुना खनाल  यमुना खनाल
२०७४ असोज १९ गते १२:२१

१९ असोज, लहान । दुई छिमेकीबीच भएको बिबादमा धारिलो हतियार प्रहार हुँदा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

सिरहा नगरपालिका-२ का ४३ वर्षीय प्रताव भन्ने दयाराम रायको उपचारका क्रममा मृत्यु भएको हो ।

छिमेकीबाट धारिलो हतियार प्रहार भई गम्भीर घाईते भएका रायलाई तत्काल उपचारका लागि बिराटनगर लगिएको थियो । तर, रायका बिराटनगरमा उपचार हुन नसकेपछि थप उपचारका लागि शिलगुडी लगिएको थियो । उनको उपचारका क्रममा शिलगुडीमा मृत्यु भएको प्रहरीले बताएको छ ।

रायलाई गत असोज ९ गते छिमेकी सिरहा नगरपालिका-२ का रामकुमार यादवले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनमा सिरहा नगरपालिका वडा नम्बर २ वाट माओवादी केन्ऽका वडा अध्यक्षका उम्मेदवार रहेका रामकुमार यादव र दयाराम रायबीच पैसा र खसी खाएर दयाराम यादबले रामकुमारलाई भोट नदिएको बिषयमो विषयमा विवाद भएको स्थानीयले बताएका छन् ।

यता प्रहरीले भने घटना के कारणले भएको खुल्न नसकेको अनुसंन्धान भइरहेको बताएको छ । लामो समयदेखि दुई छिमेकीबीच मनमोटाब रहेको भनाभन रहेको,प्रहरीले बताएको छ ।

उपचारका क्रममा घाईतेको मृत्यु भएपछि प्रहरीले कुटपीटमा सम्लग्न रहेका माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार कुँवर भन्ने राम कुमार यादवलाई पक्राउ गरी कर्तब्य ज्यान मुद्दा चलाई थप अनुसंन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?