+
+

भैरहवा भन्सार घोटाला प्रकरणः आयातकर्तालाई पक्राउ गर्न प्रहरीलाई पत्राचार

सलमान खान सलमान खान
२०७४ असोज २२ गते १५:०८

२२ असोज, भैरहवा । भैरहवा भन्सार कार्यालयमा भएको घोटाला प्रकरणमा सामान धनीलाई पक्राउ गर्न भैरहवा भन्सार कार्यालयले जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई पत्राचार गरेको छ ।

कार्यालयले इमेल र हुलाक मार्फत भारतबाट साम्रगी आयत गरेको कम्पनी माँ मनकामना ईन्टरनेशनलका संचालकलाई पक्राउ गरी उपस्थित गराउनका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई पत्रचार गरिएको भन्सार कार्यालयका सूचना अधिकृत गोपाल भट्टराईले अनलाइनखबरलाई जानकारी दिए ।

पत्रमा घोटालाको विषयमा कम्पनीको संचालकसगँ केही बुझ्नु पर्ने हुदाँ उनलाई उपस्थित गराईदिनु हुने भन्ने विषय उल्लेख रहेको छ ।

‘हामीले र्फममा उल्लेख रहेको कम्पनीको ठेगानासहित संचालकलाई उपस्थित गराउनका लागि प्रहरीलाई इमेल र हुलाक मार्फत पत्रचार गरिसकेको छौँ,’ सूचना अधिकृत भट्टराईले अनलाइनखबरसगँ भने, ‘तर हालसम्म प्रहरीबाट कुनै किसिमको ‘रेस्पोन्स’ आएको छैन ।

यता जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्त डिल्ली नारायण पाण्डेले भैरहवा भन्सारले गरेको पत्राचार अनुसार उक्त व्यक्तिको खोजी कार्य जारी रहेको बताए ।

बरामद उक्त साम्रगीहरु चितवन जिल्लाको टाँडीका राजु थापाको रहेपनि कम्पनी भने उनको ‘स्टाफ’ राजन तिमिल्सीनाको नाम दर्ता रहेको छ ।

गत साउन २६ गते एउटै प्रज्ञापन पत्रको नम्बर भैरहवा भन्सार कार्यालयले दुई वटा मालवाहक सवारी साधनको प्रज्ञापन तयार गरेको थियो । उक्त प्रज्ञापन पत्रमा गाडीमा दुई किसिमका साम्रगी मात्र रहेको उल्लेख गरिएपनि गाडीलाई चेकजाँच गर्दा उक्त गाडीबाट विभिन्न २६ किसिमका ५३ लाख मूल्य बराबरको साम्रगी फेला परेको थियो ।

घोटाला काण्डमा भन्सार विभागले प्रज्ञापन पत्रमा उल्लेखित विवरण सबै ठिक रहेको भन्दै सही गर्ने भन्सार अधिकृत मानबहादुर विश्वकर्मा सहित ४ जना कर्मचारीलाई निलम्बन गरेको छ ।

घोटालामा भैरहवा भन्सार कार्यालयका प्रमुख भुपालराज शाक्यको समेत मिलोमतो रहेपनि उनी केही दिनसम्म काठमाण्डौँ बास बसेर सेटिङ्ग मिलाएर फर्किएको भन्सार स्रोतको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?