Comments Add Comment

ऋतिक भन्छन्-‘कंगनाले आफ्नो फाइदाका लागि मसँग नाम जोडिन्’


नायिका कंगना रनावतले लामो समयदेखि विभिन्न आरोप लगाइरहँदा पनि नायक ऋतिक रोशन मौन नै थिए । ऋतिकसँगको प्रेमको बिषयलाइ लिएर कंगनाले लामो समयदेखि माहोल गर्मिलो बनाएकी थिइन् । ऋतिकले आफूलाइ पेरिसमा प्रपोज गरेको, चलचित्र चल्दा आफ्नो भन्ने नत्र मतलब नगर्ने गरेको लगायतका कुरा गर्दै कंगना चर्चामा थिइन् । तर, ऋतिकले यो बिषयमा मुख खोलेका थिएनन् । तर, ऋतिकले एक इन्टरभ्यूमा आफ्नो मुख पहिलो पल्ट खोलेका छन् । पत्रकार अरनब गोस्वामीको शोमा पुगेर ऋतिकले कंगनासँग जोडिएका विभिन्न मुद्दामा जवाफ दिएका छन् ।

ऋतिकले भनेका छन्-‘मैले धेरै नै सहँे । मलाइ केही पनि नबोल्नका लागि सल्लाहा दिइएको थियो । म यो बिषयमा कुरा गर्न खासै सहज त छैन । तर, अब मैले मुख नखोली हुँदैन । कंगनासँग मेरो भेट चलचित्र ‘काइट्स’को छायांकनको क्रममा भएको थियो । हामी, साथी मात्र थियौ र उनी मबाट निकै प्रभावित रहेको कुरा गर्थिन् ।’
ऋतिकले इन्टरभ्यूको क्रममा कंगनासँग कुनै पनि सम्बन्धमा नरहेको बताएका छन् । कंगनाले चलचित्र ‘कृष ३’को छायांकनको क्रममा आफ्नो ट्रेनिङको केही भिडियो पठाएको र आफूले हेरेर प्रतिक्रिया दिएको समेत स्पष्ट पारेका छन् ।

पेरिसमा कंगनालाइ आफूले प्रपोज गरेको कुरा आफ्नो कानमा पुगेपछि मात्र यो झुटको पर्दाफास गर्न आवश्यक छ भन्ने आफूले ठानेको ऋतिकको भनाइ थियो ।
मे २५ मा आफूलाइ आएको इमेलको बारेमा ऋतिक भन्छन्-‘मलाइ निकै गाली भरिएको इमेल आएको थियो । कंगनाको एकाउन्टबाट आएको उक्त इमेल हेरेपछि मलाइ लाग्यो कि, उनको इमेल कसैले ह्याक गरिदिएको छ । तर, त्यसको भोलीपल्ट नै कंगनाकी बहिनीले मलाइ दिदीको इमेल ह्याक गरेको आरोप लगाइन् ।’

ऋतिकले आफूसँग कंगनाले पठाएको ३ हजार मेल रहेको र त्यसमा व्यक्तिगत तस्बिर समेत रहेको स्पष्ट पारेका छन् । कंगनाप्रति तपाइको कुनै इच्छा छैन भनेर तपाइले किन भन्न सक्नुभएन भन्ने अरनबको प्रश्नमा ऋतिक भन्छन्-‘मैले यो कुरा उनकी बहिनी रंगोलीलाइ भनेको थिएँ । उनलाइ मैले कंगनासँग अब म कुनै सम्बन्धमा छैन भनेर जानकारी गराएको थिएँ ।’

कंगनाले आफ्नो वरिपरी हुँदा कुरा गर्न लाज मानेका कारण इमेल पठाउने गरेको ऋतिकको भनाइ छ । ऋतिकले भनेका छन्-‘जब कंगनाले मसँग उनको प्रेम रहेको बताइन् । यसपछि, मैले उनकी बहिनीलाइ फोन गरेको थिएँ, तर रंगोलीले फोन उठाइनन् । यसपछि, मेरो टिमले कानुनी उपचार खोज्न आवश्यक ठानेको हो ।’
ऋतिक भन्छन्-‘कंगनाले आफ्नो फाइदाका लागि मेरो नामको प्रयोग गरिन्, तर यसले मलाइ खासै फरक पर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment