Comments Add Comment

चिनियाँ कम्पनीले व्यवस्थापक फेरेपछि भैरहवा विमानस्थल निर्माण तीव्र

५ कात्तिक, भैरहवा । ठेक्का पाएको चिनियाँ कम्पनीले व्यवस्थापक परिवर्तन गरेपछि राष्ट्रिय गौरवको आयोजना रहेको निर्माणधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थलको काम तीव्र रुपमा अगाडि बढेको छ ।

चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले आफ्नोे व्यवस्थापन फेरेपछि विमानस्थलको निर्माण कार्य तीव्र रुपमा काम अगाडी बढेको आयोजनाकी उपप्रमुख चाँदमाला श्रेष्ठले बताइन् ।

यसअघि चिनियाँ कम्पनीले अग्रेजी भाषा नबुझ्ने र बढी अनुभव नभएका कर्मचारीलाई आफ्नो आयोजना म्यानेजरको रुपमा विमानस्थलमा खटाएको थियो । तर, विवाद पश्चात कम्पनीले अहिले आयोजना म्यानेजरसहित अन्य कर्मचारीलाई तानेर नयाँ व्यवस्थापनमा अनुभवी र दक्ष कर्मचारी पठाएपछि कामले तीव्रता लिएको हो ।

विमानस्थल निर्माण गर्ने चिनियाँ कम्पनी र नेपाली सह ठेकेदारबीच रकम लेनदेनको विषयमा विवाद भएपछि निर्माण कार्य रोकिनुको साथै सुस्त गतिमा काम भएको थियो ।

साथै निर्माण कार्यमा अभाव भएका दक्ष कर्मचारी र आवश्यक मेसिनरी औजार सहित विभिन्न सामाग्री पनि चिनियाँ कम्पनीले केरुङ्ग नाकाबाट आयात गर्दै काम अगाडी बढाएको छ ।

‘केही महिना अघिसम्म निर्माण कम्पनीसँग औजारहरु प्रयोग गर्ने दक्ष कर्मचारी नहुँदासमेत उसलाई समस्या परेको थियो, तर अहिले उसले चिनबाट नै दक्ष कर्मचारी ल्याएर तीव्र रुपमा काम अगाडि बढाएको छ ।’ उपप्रमुख श्रेष्ठले अनलाइनखबरसँग भनिन् ।

विवाद पश्चात विमानस्थलमा औसतमा ८० जना कामदारले मात्र काम गराइरहेको निर्माण कम्पनीले अहिले कामदार संख्यासमेत बढाएको छ ।

श्रेष्ठका अनुसार विमानस्थलमा रन वे, अन्तर्राष्ट्रिय टर्मिनल भवन, रेस्क्यु एण्ड फायर फाइटिङ, कन्ट्रोल टावर लगायतका कामहरु भइरहेको छ ।

काममा सुस्ताता भएपनि विमानस्थल आयोजनाले काममा अगाडि नबढे निर्माण कम्पनीसँग ठेक्का तोड्ने चेतावनीसमेत दिएको थियो । त्यसपश्चात निर्माण कम्पनीले गम्भीरताका साथ भैरहवा विमानस्थलको निर्माण कार्य अगाडी बढाएको छ ।

यो विमानस्थल ‘फोर ई’ स्तरको हो । जहाँ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सबै जहाज अवतरण गर्न सक्छन् । तराईको ‘लोकेसन’ भएको हुँदा कहिले काहीँ त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसक्ने विमानहरु पनि यहाँ अवतरण गराउन सकिनेछ ।

यो विमानस्थलको दिर्घकालिन लक्ष्य दैनिक १६ हजार यात्रुलाई सेवा दिने रहेको छ । दैनिक १६ हजारको दरले वाषिर्क करिव ६० लाख यात्रु यो विमानस्थलले Åयान्डल गर्ने लक्ष्य राखिएको छ । तर, सुरुमा भने ५/६ सय यात्रुलाई सेवा दिन सकिने आयोजनाले जनाएको छ ।

२०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नती गरी अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा निर्माण गर्न चिनियाँ कम्पनीको नर्थ वेस्ट सिभिल एभियसन कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँमा ग्लोबल टेन्डरबाट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो ।

तर, मधेस आन्दोलन कारण विमानस्थल निर्माण कार्यमा बाधा उत्पन्न भएकोले उसले सन् २०१८ जुलाई महिनासम्म निर्माण सम्पन्न गर्ने लक्ष्य पाएको छ ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण कार्य सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment