+
+

चिसो बढेपछि बेँसी झारिए चौंरीगोठ

रविन भट्टराई रविन भट्टराई
२०७४ कात्तिक २१ गते ८:१२

२१ कात्तिक, ताप्लेजुङ । ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाका माथिल्लो भेगमा चिसो बढेसँगै चौंरी र भेंडा गोठ बेंसी झर्न थालेका छन् ।

ताप्लेजुङको ओलाङ्चुङगोला, लेलेप, कालिखोला, पापुङ, याम्पुदिन, पाँचथरको फालोट र इलामको सन्दकपुर, कालापोखरीलगायतका स्थानका चांैरीगोठ धमाधम न्यानो स्थानतर्फ सार्न थालिएको स्थानीयले बताएका छन् ।

केही दिनदेखि माथिल्लो क्षेत्रमा सामान्य हिमपातसहित अत्यधिक चिसो हुन थालेकाले तल्लो क्षेत्रमा रहेका खेत र खर्कमा गोठ सार्न थालिएको ताप्लेजुङ लेलेपका स्थानीय ग्याजु शेर्पाले बताए ।

माथिल्लो क्षेत्रका चरन क्षेत्र तुसारो र हिउँले ढाकिने भएकाले चौंरी र भेडालाई तल्लो क्षेत्रमा झारिएको शेर्पाको भनाइ छ ।

ताप्लेजुङ र पाँचथरमा मात्र रहेका आठ दर्जनभन्दा धेरै गोठ न्यानो स्थानतर्फ सार्दै लगिएको छ । गोठसँगै गोठधनी पनि खानेबस्ने सबै सरसामान लिएर न्यानो स्थानतर्फ झर्ने गर्छन् ।

ताप्लेजुङ, पाँचथर र इलामका उच्च पहाडी क्षेत्रमा रहेका करिब पाँच दर्जनभन्दा बढी चौँरी गोठ चिसोबाट न्यानोतर्फ सर्ने गरेका छन् । असोज महिनादेखि गोठ उधौँली झर्ने क्रम शुरु हुन्छ । न्यानोपना नआएसम्म ती गोठहरू बेसींमै रहन्छन् ।

मुख्यतया वैशाख महिनादेखि गोठ उधौंली लैजाने क्रम शुरु हुने चौरीपालक कृषकको भनाइ छ । बेंसी झरेको अवस्थामा चौँरीबाट उत्पादन राम्रो हुने गरेको किसान बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?