+
+

कांग्रेसलाई प्रचण्डको सुझाव- विचार मिल्नेसँग पार्टी एकता गर्नुस्

‘एमालेसँग पार्टी एकीकरण चुनावपछि मात्रै’

रासस रासस
२०७४ कात्तिक २७ गते ११:३२

२७ कात्तिक, चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले चुनावअघि पार्टी एकता हुन्छ भन्ने हल्ला निराधार भएको प्रस्ट्याएका छन् ।

चितवन क्षेत्र नं ३ अन्तर्गत पश्चिम चितवनको चुनावी प्रचार अभियानमा रहेका प्रचण्डले पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै चुनावपछि मात्रै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने बताए ।

उनले विचार मिल्ने पार्टीबीच एकता आवश्यक भएको औँल्याउँदै कांग्रेसलाई पनि विचार मिल्नेसँग एकता गर्न सुझाव दिए । चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका प्रचण्डले आफ्नो प्रतिस्पर्धी जिल्लामा कोही नरहेको दाबी गरे ।

चितवनका जनताले यहाँको विकासका लागि आफूलाई चाहेको उनको भनाइ थियो । चुनावी प्रचार अभियान र घरदैलो कार्यक्रममा सक्रिय उनले चितवनको विकासका लागि छिट्टै नै आफ्नो योजना सार्वजनिक गर्ने बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?