+
+

कर फर्छ्याैट आयोगका अध्यक्ष र सदस्य अदालतमा हाजिर

सुवास भट्ट  सुवास भट्ट
२०७४ कात्तिक २९ गते १९:४९

२९ कात्तिक, काठमाडौं । तत्कालिन कर फर्छ्याैट  आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाल वयानका लागि विशेष अदालत हाजिर भएका छन् ।

लामो समयदेखि फरार रहेका उनीहरू बुधवार अदालतमा उपस्थित भएका हुन् । बयानका लागि न आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुबैलाई ८ असारमा एक साताभित्र उपस्थित हुन सार्वजनिक सूचना नै जारी गरेको थियो ।

उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा विचाराधीन छ । मुद्दा दायर भएको लामो समयपछि महत र ढकाल वयानका लागि बुधवार दिउँसो ३ बजे अदालत पुगेका हुन् ।

दुबैलाई न्यायीक हिरासतमा राखिएको छ । अदालतका अनुसार उनीहरूको वयान सुरु हुन्छ । वयानपछि नियमित साक्षी, प्रमाण र मुद्दा सुनुवाईको काम सुरु हुने अदालत स्रोतले बतायो ।

आयोगका सदस्य सचिव एवं राजश्व अनुसन्धान विभागका तत्कालीन प्रमुख चुडामणि शर्मा भने वयानका लागि अझै उपस्थित भएका छैनन् । उनलाई अदालत उपस्थित गराउन गत सातामात्रै अख्तियारले उनको घरमा म्याद टाँसेको छ ।

तर, उनी अझै वयानका लागि आएका छैनन् ।

शर्मालाई अख्तियारले पक्राउ परेपनि सर्वोच्चले साउन अन्तिम साता साधारण तारिखमा छाड्न आदेश दिएको थियो ।

यसैबीच सर्वोच्च अदालतले आयोगकै अर्को निवेदनमाथि सुनुवाई गरी यसअघिका यसअघिका कर फर्छ्याैट आयोगका प्रतिवेदन किन सार्वजनिक नगरेको भन्दै सरकार र अख्तियारको नाममा कारण देखाउ आदेश दिएको छ ।

अधिवक्ता यशोदाकुमारी पाण्डेले कर फछ्यौट आयोगका सबै प्रतिवेदन सार्वजनिक नगरी अख्तियारले २०७१ मा बनेको अन्तिम कर फर्छ्याैट आयोगको प्रतिवेदनलाई मात्रै छानविन गरेर कारवाही प्रक्रिया अघि बढाएको भन्दै रिट दायर गरेकी थिइन् । रिटको सुनुवाई गर्दै सर्वोच्चका न्यायधीश ओमप्रकाश मिश्रको एकल इजलासले सरकार र अख्तियारको नाममा यस्तो आदेश दिएको हो ।

कर फर्छ्याैट आयोगमार्फत अनियमित ढंगले कर मिनाहा दिई राज्यलाई झण्डै २१ अर्ब नोक्सानी पुर्‍याएको भन्दै गत १९ जेठमा अख्तियारले तत्कालिन आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणी शर्मालाई पक्राउ गरेको थियो । उनीसँगै आयोगका दुई सदस्य महत र ढकाल भने त्यसयता फरार हुँदै आएका थिए ।

अख्तियारले तिनै पदाधिकारीविरुद्ध १० अर्ब रुपैयाँको बिगो मागदावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?