+
+

डोल्पामा एमाले र कांग्रेस कार्यकर्तावीच झडप

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ७ गते १६:०४

७ मंसिर, डोल्पा । डोल्पामा कांग्रेस एमालेका कार्यकर्ताबीच झडप भएको छ । आसन्न निर्वाचनको प्रचारप्रचार गर्ने क्रममा उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिका अन्तर्गत कागकोटमा झडप भएको हो ।

होटेलमासँगै खाना खाने क्रममा झडप भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा ठुलीभेरी नगरपालिका-८ का जीवन भण्डारी रहेको प्रहरीले जानकारी दिएको छ ।
सामान्य घाइते भएका भण्डारीको जिल्ला अस्पतालमा उपचारका लागि पठाएको छ ।

कांग्रेस सभापति अंगत बुढाले उपल्लो डोल्पाका मतदान केन्ऽमा बस्ने एजेन्टहरुको पत्र लिएर गएका कार्यकर्तालाई एमाले कार्यकर्ताले कुटपिट गरी एजेन्ट पत्रसमेत च्यातिदिएको बताए ।

घाइते भण्डारीसँगै गएका सूर्य टमाटा,राणाजी बुढा, हिराचन्ऽ भण्डारीलाई रातभरी रुखमा बाधेर हत्या गर्ने प्रयास गरिएको कांग्रेसले जनाएको छ ।

यता स्थानीय प्रशासनले सुरक्षा व्यवस्था चुस्तदुरुस्त पारेको बताइ रहँदा कांग्रेसले भने मतदाता र एजेन्टको सुरक्षाको ग्यारेन्टी नलिए उपल्लो डोल्पाबाट चुनावमा सहभागी नुहँने बताएको छ ।

रामचन्द्र न्यौपानेबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?