+
+

निर्वाचनलाई विश्वसनीय बनाउन सूक्ष्म अनुगमनकर्ता खटाइयो

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १४ गते १७:१२

१४ मंसिर, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले दोस्रो चरणको निर्वाचनलाई स्वतन्त्र, स्वच्छ र विश्वसनीय बनाउन आयोगले जिल्ला–जिल्लामा सूक्ष्म अनुगमनकर्ता खटाएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अनुगमनकर्ताहरुलाई स्वतन्त्र र निष्पक्ष भएर आयोगले दिएको जिम्मेवारी सजग र सचेतका साथ निर्वाह गर्न सूक्ष्म अनुगमनकर्ताहरूलाई निर्देशन समेत दिए ।

यादवले एउटा सानो कमजोरी र त्रुटिबाट समग्र निर्वाचनप्रति प्रश्न उठ्न सक्ने भएकाले त्यसतर्फ सजग रही सुझबुझका साथ जिम्मेवारी बहन गर्न आग्रह गरे ।

उनले भने, ‘मतदान प्रक्रिया स्वस्थ हुनुपर्छ, उम्मेदवारप्रति मतदाता विश्वस्त हुनुपर्दछ, ठूलो संख्यामा मतदाताको सहभागिता बढाउने आयोगको एउटै लक्ष्य हो, त्यसैले मतदातामैत्री वातावरण बनाउन सबैको सहयोग आवश्यक पर्छ ।’

अर्को प्रसङ्गमा यादवले आम मतदाताले निर्भिकतापूर्वक मतदान गर्ने वातावरण निर्माणका लागि थप सुरक्षा गतिशीलता बढाउन नेपाल सरकार र सुरक्षा निकायहरूसँग आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?