+
+

केकीलाई यसकारण मन परेको थियो राज्जा रानी

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १७ गते २१:१७

काठमाडौं । आफ्नै लगानीमा ‘कोहलपुर एक्सप्रेस’ नाम राखेर फिल्म बनाउन सुरु गरेकी केकी अधिकारीले ‘राज्जा रानी’को कथा आफुलाई मन परेको बताएकी छिन् ।

याम थापा निर्देशित यस चलचित्रमा पश्चिम नेपालको लवज भेट्न सकिन्छ । कामेश्वर चौरासिया, केकी अधिकारी, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दिपक क्षेत्रीलगायतका कलाकारको अभिनय रहेको छ ।

‘यस चलचित्रले केबल मनोरञ्जन मात्रै हैन । समाजमा सन्देश पनि दिन्छ ।’ केकीले भनिन् । अन्य चलचित्रको तुलनामा केही फरक प्रस्तुति दिएको दावी गर्ने केकीले यसमा समावेश आञ्चलिकताले दर्शकलाई थप मनोरञ्जन दिने बताइन् । तारा प्रसाद लिम्बु र दिपक शर्माको संगीत रहेको यस फिल्ममा पुरुसोत्तम प्रधानको छायाङ्कन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?