+
+

विजयउत्सव मनाउन जहाजमा लिफ्ट मागेर रुकुम आए प्रभाकर

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २२ गते १५:२२
जनार्दन शर्मा ‘प्रभाकर’ । फाइल तस्वीर।

२२ मंसिर, रुकुम । माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ विजय उत्सव मनाउन काठमाडौंबाट रुकुम आएका छन् । उनी शुक्रबार बिहान जुम्ला जान लागेको तारा एयरको जहाजमा लिफ्ट मागेर रुकुम आएका हुन् ।

पश्चिम रुकुमबाट माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार शर्माले कांग्रेस उम्मेदवार गोपाल जीजंग शाहलाई १४ हजार मतअन्तरले पछाडि पारेका छन् ।

पहिलो चरणमा आफ्नो क्षेत्रको चुनाव सकेर उनी काठमाडौं क्षेत्रनम्बर १ मा उम्मेदवार बनेका भाइ अनिल शर्माको प्रचारका लागि काठमाडौं आएका थिए ।

‘मेरो क्षेत्रको चुनावको अन्तिम नतिजा भोलि घोषणा हुने थाहा पाएपछि आज बिहान जुम्ला जान लागेको जहाजमा लिफ्ट मागेर आएँ,’ शर्माले भने, ‘हामी चार जनालाई रुकुम ओरालेर जहाज जुम्लातर्फ उड्यो ।’

पूर्वगृहमन्त्री समेत रहेका शर्माको साथमा श्रीमती लक्ष्मीसहित, अंगरक्षकद्वय नेपाल प्रहरीका सई कमलकान्त पुन र नेपाली सेनाका हबल्दार रामबहादुर तामाङ छन् ।

उनका सहयोगी सन्तोष रिजाल भने गाडी चढेर बिहीबारै रुकुम आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?