+
+

सन् १९७२ पछि किन चन्द्रमामा मान्छे गएका छैनन् ?

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १ गते १४:१५


‘मानवताका लागि यो सानो कदम, पूरै मानव जातिका लागि ठूलो छलाङ सावित हुनेछ’, चन्द्रमामा पहिलो पटक पाइला टेक्ने मानिस निल आर्मस्ट्रङ्गको भनाई हो यो । सन् १९६२ को जुलाई २१ मा उनले चन्द्रमामा पाइला टेकेर इतिहास रचेका थिए । आर्मस्ट्रङ्ग पछि पाँचजना अरु अमेरिकी अन्तरीक्षयात्रीहरु चन्द्रमामा पुगिसकेका छन् ।

सबैभन्दा पछिल्लोपटक सन् १९७२ मा युजिन सेरनन चन्द्रमामा पुगे । युजिन पछि कोहीपनि चन्द्रमामा गएको छैन । आखिर किन यो पछिल्लो ४५ वर्षमा मानिसहरु चन्द्रमामा गएका छैनन् ? मंगल ग्रह तथा अन्य धेरै ग्रहको खोजमा लागिरहँदा किन अमेरिका लगायतका देशहरु यति लामो समय चन्द्रमामा मानिस पठाउने कुरातर्फ किन लागेनन् ? धेरैको मनमा यो प्रश्न रहेको छ ।

यसैबीच चन्द्रमामा पछिल्लोपटक मानिसले पाइला टेकेको झण्डै आधा सताब्दी पुग्नैलाग्दा अमेरिकाले पुनः चन्द्रमामा मानिस पठाउने घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चन्द्रमामा मानिस पठाउने अन्तरीक्ष मिसन सुरु गर्ने आदेशमा सोमबार हस्ताक्षर गरेका छन् ।

बजेटमै अड्किन्छ कुरा

वास्तवमा चन्द्रमामा कुनै मानिसलाई पठाउने कुरा निकै महंगो योजना हो । अमेरिकाको लस एन्जल्सस्थित क्यालिफोर्निया विश्वविद्यालयको खगोल विज्ञानका प्राध्यापक माइकल रिचका अनुसार चन्द्रमामा मानिस पठाउँदा निकै धेरै खर्च भएको थियो । जबकी यसको वैज्ञानिक फाइदा चाहीँ कम प्राप्त भयो ।

वैज्ञानिकहरुका अनुसार चन्द्र मिसनमा वैज्ञानिक रुचीभन्दा धेरै राजनीतिक कारण थियो । अन्तरीक्ष नियन्त्रणको होडमा यसो गरिएको थियो ।

सन् २००४ मा अमेरिकाका तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुसले ट्रम्पले नै जस्तै गरी चन्द्रमामा मानवयान पठाउने मिसनको प्रस्ताव गरेका थिए । यसमा १ अर्ब ४ अर्ब अमेरिकी डलरको अनुमानित बजेट बनाइएको थियो । तर त्यो विशाल बजेटका कारण चन्द्रमामा मानिस पठाउने परियोजना त्यसै तुहियो ।

ट्रम्पले आदेश दिएतापनि यसपटक पनि चन्द्रमामा मानवयान पठाउने योजनाले यसैगरी हावा खाने डरले वैज्ञानिकहरुलाई सताइरहेको छ । किनकी ट्रम्पले आदेशमा हस्ताक्षर गर्नुअघि सिनेटसँग परामर्शसम्म गरेनन् ।

चन्द्रमामा जाने रुची बढी

माइकल रिच भन्छन्, ‘यस्ता मिसनको वैज्ञानिक फाइदा कम छ, त्यसैकारण यसको खर्चिलो बजेटका लागि कंग्रेसको मन्जुरी हासिल गर्नु एक कठीन काम हो ।’

एक अर्को कारण यो छ की नासा वर्षौँदेखि अर्को अहम परियोजना पूरा गर्नमा लागिरहेको छ । पछिल्ला वर्षहरुमा नासले केही नयाँ उपग्रहहरु, बृहस्पती ग्रहको खोजका साथै अन्तराष्ट्रिय अन्तरीक्ष स्टेशनको कक्षमा स्याटेलाइट लञ्च गर्नुका साथै अन्य आकाशगंगाहरु तथा ग्रहहरुमाथि शोध गरिरहेको छ ।

नाशाले वर्षौँदेखि चन्द्रमामा पुनः मानव यान पठाउने पक्षमा वकालत गरिरहेको छ । यसमा अझैपनि विभिन्न वैज्ञानिक फाइदा रहेको नासाको दाबी छ ।

मानिस चन्द्रमामा पुगेपछि विभिन्न नयाँ जानकारीहरु प्राप्त हुने नसाको दाबी भएका कारणले पछिल्ला वर्षहरुमा चन्द्रमामा पुग्ने रुची बढिरहेको छ ।

चन्द्रमामा पुग्ने योजना

सरकारी तथा नीजि प्रयासमा यसअघि पनि विभिन्न प्रयास भएका थिए जसमा केवल चन्द्रमामा जानेमात्र होइनकी चन्द्रमामा मानव वस्ती बसाउने जस्तो महत्वाकांक्षी योजना समेत अघि सारिएको छ ।

यी योजना कम खर्चिला प्रविधि तथा स्पेसक्राफ्टको निर्माणमा आधारित छन् । चीनले सन् २०१८ सम्म र रुसले सन् २०३१ सम्म चन्द्रमामा प’ने योजना बनाएका छन् । कतिपय प्राइभेट कम्पनीहरुले अन्तरीक्षको बिजनेस मोडेल ल्याउने कुरा गरिरहेका छन् । जसमा चन्द्रमामा खनिजको उत्खनन गर्ने चन्द्रमाबाट ल्याएका पत्थर बहुमूल्यमा बेच्ने योजना समेत छन् ।

यी दौडमा अमेरिका पछि रहन चाहँदैन । नासाको योजनाका लागि यो पटक विनियोजित बजेट अमेरिकाको कुल बजेटको १ प्रतिशत रहेको छ । जबकी अघिल्ला अन्तरीक्ष कार्यक्रमका लागि यसको ५ प्रतिशत थियो । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?