+
+

नगरपलिका संघको अधिवेशनका लागि तयारी गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ११ गते ११:२७

११ पुस, काठमाडौं । नेपाल नगरपालिका संघको अधिवेशन बैखाशमा हुने भएको छ । तयारीका लागि बसेको बैकठले नेपालका सबै महा नगरपालिका, उपमहानगरपालिकालाई सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ ।

त्यसैगरी ७ वटै प्रदेशमा प्रमुख, उप प्रमुखहरुको भेला गर्ने र संबिधान र स्थानीय शासन ऐन २०७४ सँग बाझिएका कानुन तत्काल खरेज गर्नेए माग गर्ने निर्णय पनि भएको छ ।

नगरहरु त्यसका लागि राष्ट्रिय राजनीतिक दलका प्रमुख र मन्त्रालयको सचिबसमक्ष डेलिगेश जाने भएका छन् ।

त्यसैगरी बिकेन्द्रिकरण र स्वायत्तता क्षेत्रको बिज्ञहरुको कार्यदल गठन गर्ने, राष्ट्रिय प्रकृतिक स्रोत तथा बित्त आयोग तत्काल गठन गर्न सरकार सँग माग गर्ने, अन्तरराष्ट्रिय सहयोग निकायको भेला गर्ने निर्णय पनि भएको छ।

काठमान्डौ बिश्वविद्यायालय स्कुल अफ लसँग २२ वटा संवैधानिक अधिकारका २२ वटा कानुन निर्माण गर्न सहकार्य गर्ने र संविधान अनुरुप गठित स्थानीय सरकारलाई अनावश्यक मन्त्रालयबाट निर्देशन नगर्न र नगराउन सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?