+
+

स्वास्थ्य सचिव चाैधरीद्वारा पदभारग्रहण

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १४ गते १७:४६

१४ पुस, काठमाडौ । नवनियुक्त स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले आज एक कार्यक्रमबीच स्वास्थ्य मन्त्रालयको पदभारग्रहण गरेकी छन् ।

डा. चौधरीले स्वास्थ्य सचिवको पदभारग्रहण गरेसँगै मधेसी समुदायबाट सचिवको पदमा नियुक्त हुने उनी सम्भवत पहिलो मधेसी महिला बनकी छिन् । बिहीबार बसेको मन्त्रीपरिषद्केा वैठकले उनलाई स्वास्थ्य सचिवको पदमा नियुक्त गरेको थियो ।

पदभारग्रहण पश्चात शुक्रवार स्वास्थ्य मन्त्रालयद्धारा आयोजित एक कार्यक्रममा बोल्दै नवनियुक्त स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले संघिय संरचनामा आम जनतालाई गुणस्तरीय सेवा प्रदान गर्नु , स्वास्थ्यकर्मी, जनशक्ति परिचालन, उपकरण खरीद, पूर्वाधार विकास, बजेट लगायतका विषय ठूलो चुनौतीको रुपमा देखा परेको बताइन् ।

नेपालको संविधानले मौलिक अधिकारको रुपमा राखेको गुणस्तरीय सेवा आम जनतामाझ प्रवाह गर्नु समेत थप चुनौती भएको बताउँदै डा. चौधरीले यसको लागि सबै मिलेर अगाडी बढ्न आव्हान गरेकी छिन् । साथै आफूलाई विश्वास गरेर स्वास्थ्य सचिवको जिम्मेवारी दिएकोमा जिम्मेवारी दिने सबैप्रति कृतज्ञता व्यक्त गरेकी छिन् ।

सोही क्रममा स्वास्थ्य सचिव डा. चौधरीले संघिय निजामति ऐनमा स्वास्थ्य सेवा ऐन समावेश भएता पनि आवश्यक परेको बेलामा छुट्टै ऐन बनाउन सकिने गरी सम्बन्धित निकायहरुसित आवश्यक छलफल भइरहेको बताउँदैै उनले यसको लागि समन्वय गरे अगाडि बढ्ने जानकारी दिइन् ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. रमेश खरेलले स्वास्थ्य सचिव डा. चौधरीले आफ्नो कार्यकालमा संघीय संरचनामा लामो समयको लागि सचिवमा नियुक्त हुने पहिलो महिला सचिव, मधेसी समुदायको तर्फबाट सम्भवत पहिलो महिला सचिव तथा निमित्त पछि वरियता क्रमका आधारमा महिला सचिव बनेर तीनवटा इतिहास रचेको भन्दै उनको काममा साथ दिन आफू सदैव तत्पर रहेको बताए ।

त्यसैगरी, स्वास्थ्य मन्त्रालयका प्रमुख विशषज्ञ डा. विनोद मान श्रेष्ठले स्वास्थ्य मन्त्रालयलाई एउटा गाडीको संख्या दिदै उक्त गाडीले राम्रो सवारी चालक पाएको उल्लेख गर्दै सो सवारी चालकको मार्गनिर्देशनमा विना दुर्घटना गाडी गन्तव्यमा पुग्नेमा आफू आशावादी गरेको बताए ।

कार्यक्रममा आयुर्वेद महाशाखा प्रमुख डा. वासुदेव उपाध्यायले, औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल लगायतको समेत उपस्थिति रहेको थियो । उनीहरुले नवनियुक्त स्वास्थ्य सचिवलाई बधाई दिनुका साथै उनको सुखद कार्यकालको लागि शुभकामना प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?