+
+

कुरिनटारमा ट्रकले माइक्रो बसलाई ठक्कर दियो, १३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते ८:४२

८ जेठ, काठमाडौं । चितवनको कुरिनटारमा ट्रकले माइक्रो बसलाई ठक्कर दिँदा १३ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा केही यात्रु गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइतेलाई चितवनको पुरानो मेडिकल कलेजमा र सामान्य घाइतेहरुलाई कुरिनटारकै सहकारी अस्पतालमा उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् ।

कुरिनटारबाट मुग्लिन जाँदै गरेको माइक्रोलाई मंगलबार बिहान ट्रकले ठक्कर दिएको हो । ट्रक चालकलाई मुग्लिन प्रहरीले नियन्त्रणमा लिएको छ । उनी सकुशल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?