+
+
Shares

हावाहुरीसहितको वर्षाले सिरहामा दुई बिघामा लगाएको उखु सोत्तर

हावाहुरी र वर्षाका कारण उखुका बोटहरू लडेपछि उत्पादन घट्ने र लगानीसमेत नउठ्ने अवस्था आएको उनले बताएका छन् ।

सुरेश राय सुरेश राय
२०८३ असोज ९ गते १९:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहाको विष्णुपुर गाउँपालिका–१ मा दुई दिनको वर्षा र बिहीबार रातिको हावाहुरीले किसान गोपिन्द्र यादवको करिब दुई बिघा उखुबारीमा क्षति पुर्‍याएको छ।
  • यादवले ऋण र सापटी लिएर करिब ४ लाख रुपैयाँ लगानी गरेको उखुखेतीबाट करिब १० लाख रुपैयाँ आम्दानीको अपेक्षा गरेका थिए।
  • उखु ढलेपछि अब लगानीसमेत नउठ्ने र परिवार चलाउनै मुस्किल हुने अवस्था आएको उनले बताएका छन्।

९ असोज, सिरहा । दुई दिनदेखि लगातार परेको वर्षा र बिहीबार राति आएको हावाहुरीका कारण सिरहाको विष्णुपुर गाउँपालिका–१ का किसान गोपिन्द्र यादवको उखुबारीमा क्षति पुर्‍याएको छ । उनले करिब दुई बिघा जमिनमा लगाएको उखुबारीमा ठूलो क्षति पुगेको हो ।

यादवले जग्गा भाडामा लिएर करिब तीन बिघा क्षेत्रफलमा उखु खेती गरेका थिए । हावाहुरी र वर्षाका कारण उखुका बोटहरू लडेपछि उत्पादन घट्ने र लगानीसमेत नउठ्ने अवस्था आएको उनले बताएका छन् ।

यादवका अनुसार उखु खेतीमा उनले ऋण तथा सापटी लिएर करिब ४ लाख रुपैयाँ लगानी गरेका थिए । उखु राम्रो उत्पादन भएको भए करिब १० लाख रुपैयाँ आम्दानी हुने अपेक्षा थियो । तर हावाहुरी र वर्षाले उखु ढलेपछि अब लगानीसमेत फिर्ता नहुने चिन्ता उनलाई छ ।

‘जसोतसो जग्गा भाडामा लिएर उखु लगाएको थिएँ । राति आएको हावाहुरी र वर्षाले सबै उखु ढालिदियो,’ यादवले भने, ‘अब त लगानी पनि नउठ्ने भयो। खेतीबाटै घरपरिवार चलाउँदै आएको थिएँ, अब परिवार चलाउनै मुस्किल हुने अवस्था आयो ।’

यादव विष्णुपुर गाउँपालिका–१ का पूर्ववडा अध्यक्षसमेत हुन् । निर्वाचनमा पराजित भएपछि उनी अहिले पुन: कृषि कर्ममा फर्किएका छन् ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?