१६ पुस, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले आज पुस १६ गतेबाट ६ लाख ५९ हजार ५ सय ६५ कित्ता नयाँ सेयर (एफपीओ) निष्कासन गर्दैछ ।
एफपीओ जारी गरेपछि कम्पनीको चुक्ता पूँजी ५१ करोड रुपैयाँ पुग्ने आवहान पत्रमा उल्लेख छ । कम्पनीको प्रिमियम वापत नै ४६ करोड १० लाख रुपैयाँ जुट्ने छ । हाल सञ्चितीमा रहने यो रकम पछि लाभांश वितरण गर्न सकिने छ ।
एक सय रुपैयाँ अंकित मूल्य रहेको कम्पनीले प्रिमियम मूल्य सहित प्रतिकित्ता ७ सय ९९ रुपैयाँमा एफपीओ जारी गर्ने भएको हो । छिटोमा पुस १९ र ढिलोमा माघ १५ गतेसम्म कम्पनीको सेयर बिक्री खुला हेनेछ ।
न्युनत्तम १० र अधिकत्तम ३ हजार २ सय ९० कित्ताको लागि आवेदन दिन सकिनेछ । सेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल, कम्पनीबाटै र आस्वा प्रणाली लागु भएका सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने भएको छ ।
कम्पनीको सेयरलाई इक्रा नेपालले ग्रेड ३ प्लस रेटिङ दिएको छ । यसले कम्पनीको समग्र अवस्था औसत रहेको संकेत गर्छ ।
प्रतिक्रिया 4