+
+

एनआईसी एशियाको आँबुखैरेनी र गोरखा शाखा सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २५ गते १०:४७


२५ पुस, काठमाडौं । एनआईसी एशिया बैंकले तनहुँको आँबुखैरेनी गाँउपालिका वडा नं. ०३ र गोरखा नगरपालिका वडा नं ०६ हरमटारीमा शाखा सञ्चालनमा ल्याएको हो ।

आँबुखैरेनी गाँउपालिकाका अध्यक्ष गिर बहादुर थापाले आँबुखैरेनी शाखाको र गोरखा जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष श्रवण कुमार जोशीले गोरखा शाखाको औपचारिक उद्घाटन गरेका हुन् ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया निजी क्षेत्रको अग्रणी भएको बैंकको दाबी छ । उल्लेखित २ शाखा कार्यालयहरुको समुद्घाटन सँगै बैंकको अधिराज्यभर १ सय ५६ शाखा कार्यालयहरु, १ सय ४१ एटिएम र ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?