+
+

नलाङबाट गणेश हिमाल हेर्दा (फोटो फिचर)

भरतबन्धु थापा भरतबन्धु थापा
२०७४ पुष २९ गते २२:५०

राजधानीबाट नजिकै पर्छ, धादिङ । धादिङको नलाङबाट विश्वका १० अग्ला हिमालमध्येको एक मनास्लुसहित अन्नपूर्ण हिमशृंखला देख्न सकिन्छ । मनास्लुलाई ‘किलर माउन्टेन’का नामबाट पनि चिन्ने गरिएको छ, संसारभर । नलाङबाट मनास्लुभन्दा पनि नजिकमा देखिन्छ, गणेश हिमाल ।

धादिङमै पर्ने गणेश हिमाल पदयात्रीमाझ प्रख्यात छ । काठमाडौंबाट पाँच घण्टाको ड्राइभमा सहजै पुग्न सकिन्छ, नलाङ ।

काठमाडौंबाट मलेखु हुँदै कालिकास्थान पुगिन्छ । कालिकास्थानबाट करिब एक घण्टाको कच्ची बाटोको यात्रा तय गरेपछि नलाङ पुग्न सकिन्छ । नलाङबाट लाङटाङ, मनास्लुलगायत अन्नपूर्ण हिमशृंखला देख्न सकिन्छ ।

धादिङमा पर्यटकको सबैभन्दा बढी रोजाइमा पर्ने क्षेत्र हो, रुबी भ्याली । उक्त उपत्यका गणेश हिमालको नजिकमा पर्छ ।

नेपाल पर्वतारोहण संघका महासचिव तथा गणेश हिमाल पर्यटन विकास समितिका पूर्वअध्यक्ष कुलबहादुर गुरुङ भन्छन्, ‘यस क्षेत्रमा सरकारको ध्यान पुग्न सकेको छैन ।’रुबी भ्यालीबाट गणेश हिमालसम्मको पदयात्रा मध्य नेपालको सबैभन्दा उत्कृष्ट मार्गका रुपमा साहसिक पर्यटकमाझ ख्यातिप्राप्त छ । ‘हिडन भ्याली’का रुपमा पनि परिचित छ, यो क्षेत्र । तामाङ र गुरुङ गाउँहरु तथा सुन्दर खेतहरुको दृष्य यस पदमार्गका सम्पत्ति नै हुन् ।

यहाँको प्राकृतिक छटालाई साहसिक पर्यटकमाझ प्रचार गर्न सक्दा धादिङले मात्र होइन, मुलुककै पर्यटन क्षेत्रले लाभ उठाउन सक्छ ।


राजधानीबाट नजिकको क्षेत्रमा सातदेखि २१ दिनसम्मको पदयात्रा गर्न सकिन्छ, यस क्षेत्रमा ।

रुबी भ्याली, नलाङ, गणेश हिमाल क्षेत्रमा पदयात्राका लागि हवाई जहाज चढ्नु पर्दैन । सोही कारण आन्तरिक/बाह्य पदयात्रीका लागि यो निकै सस्तो पर्छ ।

सम्भावनाको क्षेत्र भएर पनि यस क्षेत्रमा पर्यटन विकास हुन नसक्नुमा प्रचार प्रसारको अभाव मुख्य रुपमा खड्किएको महासचिव गुरुङको निष्कर्ष छ ।

 

लेखकको बारेमा
भरतबन्धु थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?