वियाेगान्त शैलीकाे ‘बिति जाने’ बाेलकाे गीतकाे म्युजीक भिडीयो सार्बजनिक भएको छ । सार्बजनिक गीतमा आकन्क्षा बस्याल र प्रणय काडीको स्वर सुन्न सकिन्छ । गीतमा शब्द तथा संगीत समेत गायक काडी आफैले भरेका छन् ।
गायीका बस्यालले केही साता अघि मात्र ‘तिमीलाई छुदै’ बोलको गीत बजारमा ल्याएकी थिइन् भने गायक काडी चाडै प्रेम दिवसको गीत लिएर आउँदैछन् ।
सुन्दर तरिकाले छायांकन गरिको म्युजीक भिडीयोमा सुरेन बस्याल र जुनाको अभिनय देख्न सकिन्छ । गीतको छायांकन भने बुद्ध एंड टिमले गरेको हो । सुरेन्द्र बस्यालले निर्देशन गरेको भिडीयोमा बिकास धमलाको सम्पादन देख्न रहेको छ ।