Comments Add Comment

नाडाले ट्राफिकलाई दियो बाइक


४ माघ,काठमाडौं  । नाडा अटोमोबाइल्स एशोसियशनले महानगरीय प्रहरी परिसर काठमाडौंलाई मोटरसाइकल प्रदान गरेको छ।

सामाजिक उत्तरदायित्वअन्तर्गत नाडाकोतर्फबाट आइएमइ अटोमोटिभ्स प्रालिबाट प्राप्त भएको यूएम कमाण्डो २३० सीसी मोटरसाइकलको साँचो नाडाका अध्यक्ष अन्जन श्रेष्ठले प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीलाई हस्तान्तरण गरे।

नाडाबाट प्रत्येक बर्ष प्रदर्शनीमार्ग, भृकुटी मण्डप परिसरमा आयोजना हुँदै आएको नाडा अटो शो को शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन गरेकोमा नाडाले आभार व्यक्त गर्दे मोटरसाइकल सहयोग गरेको हो। यो सहयोगले प्रहरीलाई आफ्नो जिम्मेवारी अनुरुप आम जनताको सेवा गर्न थप सहयोग पुग्ने नाडाको विश्वास छ।

उक्त कार्यक्रममा नाडाका पुर्व अध्यक्ष सौर्य राणा, महासचिव कृष्णप्रसाद दुलाल, सचिव दीपककाजी तुलाधर कोषाध्यक्ष सुनिल रिजाल लगायत केन्द्रिय कार्य समिति सदस्यद्धय अनुप बराल, कपिल शिवाकोटी, नन्दकिशोर शाही र प्रकाश कपुरी समेतको उपस्थिति रहेको थियो ।

नाडाले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत विगतमा पनि प्रहरी संगठनको सक्षमता विस्तारका लागि मोटरसाइकल हस्तान्तरण गर्दे आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment