+
+

कर्मा र नाजिरलाई लिएर ‘गरुड पुराण’ घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १० गते १२:५१


चलचित्र ‘गरुड पुराण’को घोषणा भएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सुवास कोइराला र सुशन प्रजापतिले निर्देशन गर्ने चलचित्रको घोषणा गरिएको हो ।

आफ्नो अस्तित्वको खोजीमा रहेका केहि पात्रहरुको कथालाई चलचित्रमा उतारिनेछ । अजित फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा कर्मा, प्रविन खतिवडा, कामेश्वर चौरासिया, नाजिर हुसेन, प्रियंका सिंह ठकुरी, लुनिभा तुलाधर, प्रकाश घिमिरे, बसन्त भट्टको मुख्य भूमिका रहनेछ ।

चलचित्रको छायांकन बिहिबारबाट सुरु हुने बताइएको छ । कसम नेपालको कथा, सुवास कोइराला, आकाश बराल र विनोद खतिवडाको पटकथा, आकाश बरालको संवाद, कोशिश क्षेत्री र सतिज श्रेष्ठको संगीत चलचित्रमा रहनेछ ।

काठमाण्डौमै चलचित्रको सम्पूर्ण छायांकन हुनेछ । चलचित्रमा अजित प्रजापति र अशोक गौतमको लगानी रहनेछ । आभाना प्रोडक्शनको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रमा उज्ज्वल ढकालको सम्पादन, सुशन प्रजापतिको छायांकन रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?