Comments Add Comment

नेपालका रविन श्रेष्ठले दिए लिभरपुलको म्यान अफ द म्याच अवार्ड

२३ माघ, काठमाण्डौ । नेपालका एक फुटबल पारखीले लिभरपुल पुगेर बिख्यात खेलाडी मोहमद सालाहलाई काल्र्सवर्ग म्यान अफ द म्याच अवार्ड प्रदान गरेका छन् ।

काल्र्सवर्गको फच्र्युन फेबर्स द फ्यान्स, प्रोब्याब्लीका विजेता रबिन श्रेष्ठले फेब्रुअरी ४ मा एन्फिल्ड स्टेडियम लिभरपुलमा भएको लिभरपुल विरुद्ध टोट्टेन्हम्को खेलमा मोहमद सालाहलाई काल्र्सवर्ग म्यान अफ द म्याच अवार्ड प्रदान गरेका हुन ।

लिभरपुल एफसीसँगको आफ्नो साझेदारीको २५औं वाषिर्कोत्सवको उत्सव मनाउनका लागि काल्र्सवर्गले फच्र्युन फेबर्स द फ्यान्स, प्रोब्याब्ली क्याम्पियनको लक्की ड्रबाट छानिएका ३ विजेताहरुलाई लिभरपुल पठाएको थियो । भाग्यशाली विजेताहरु रबिन श्रेष्ठ (रीफ रेष्टुरेन्ट एण्ड लाउन्ज बार), शालिग्राम कडेल (अमृत ट्रेडर्स्) र दवाङ्ग तमाङ्ग -ईबिजा लाउन्ज एण्ड बार) थिए ।

काल्र्सवर्गले यो जीवनमा एक पटक आउने अवसरलाई नेपालका लिभरपुलका फ्यानहरुका लागि एन्फिल्ड स्टेडियम लिभरपुलमा लिभरपुल विरुद्ध टोट्टेन्हम्को खेल प्रत्यक्षरुपमा हेर्न भिआईपी हस्पिट्यालिटी प्याकेज जित्ने अवसरको सृजना गरेको थियो । यो विशेष क्याम्पियनमा भाग लिनको लािग काल्र्सवर्गका उपभोक्ताहरुले काल्र्सवर्ग बोटलको खरिद गर्नुपर्ने थियो । लक्की ड्रको लागि मान्य हुनको लागि उपभोक्ताहरुले हरेक काल्र्सवर्ग बोटलको खरिदमा आउने एउटा कुपन भर्नुपर्ने थियो ।

नेपालबाट छानिएर गएका बिजेताले बिशेष आतिथ्यसहित प्रत्यक्ष खेल हेर्ने अबसर पाएका थिए भने खेलपछि म्यान अफ दि म्याच अवार्ड खेलाडीलाई प्रदान गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment