+
+

प्रदेश २ मा मार्यादापालकको ड्रेसः दौरा सुरुवाल होइन, सफारी सुट

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २९ गते ११:४४
सांकेतिक तस्वीर

२९ माघ, जनकपुरधाम । प्रदेश २ मा प्रदेशसभाका मर्यादापालकको नयाँ ड्रेसकोर्ड तय भएको छ ।

प्रदेशसभाको पहिलो बैठक बस्नुअघि नै सर्वदलीय बैठकबाट दौरा सुरुवाल लगाउन नपाउने निर्णय गरेपछि मर्यादापालकहरु आफू खुसी ड्रेस लगाएर पुगेका थिए । पुरुष मर्यादापालक सर्टपाइन्ट-स्वेटर तथा ज्याकेट र महिला मर्यादापालक कुर्तासुरुवालमा पुगेका थिए । उनीहरुलाई चिनाउन ब्याच दिइएको थियो ।

संसदीय अभ्यासमा मर्यादापालकको एउटै ड्रेस हुनु राम्रो हुने भन्दै प्रदेश २ मा भएको अभ्यासको आलोचना पनि भयो ।

सोमबार कार्यव्यवस्था परामर्श समितिको बैठकले मर्यादापालकको ड्रेस कोर्ड निर्धारण गरेको छ ।

प्रदेशसभा सदस्य मनिष सुमनले भने, ‘गर्मीमा दौरा सुरुवाल लगाउन सकिन्न । पुरुष मर्यादापालकले कफी कलरको सफारी सुट र महिलाले सारी लगाउने निर्णय भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?