+
+

बसमा सवार यात्रुलाई कुटपिट गर्ने युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ३ गते १७:२९
सांकेतिक फोटो

३ फागुन, काठमाडौं । बसमा सवार यात्रुलाई कुटपिट गरी घाइते बनाउने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोटी जुरेली गाउँपालिका–४ बस्ने ३२ वर्षीय बिक्रम बुढा छन् ।

प्रहरीका अनुसार बर्दघाट नगरपालिका–४ दाउन्ने जङ्गलस्थित महेन्द्र राजमार्गमा लु १ ख ८२८५ नम्बरको बसमा सवार रौतहट चन्द्रनिगहापुर–९ बस्ने ४९ वर्षीय मदन ढुडारीसहित ५ जनालाई उनले कुटपिट गरेका थिए ।

घाइतेहरु संजिवनी अस्पताल, बर्दघाटमा उपचारपछि फर्किएका छन् ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?