Comments Add Comment

दैनिक सेवन गरिने खानाले यसरी बढाउँछ, मुटुको रोग

विशेषगरी हामीले दैनिक रुपमा सेवन गर्ने यस्ता खानेकुरा छन्, जसले मुटु तथा कलेजोलाई हानी पुर्‍याउने गर्छ । यस्ता खानेकुराले मुटुको रक्तधमनीमा बोसो जम्मा भई मुटुुमा अवरोध गर्छ । जसका कारण रक्तधमनीमा रगतको सञ्चार राम्रोसित हुन नसकी मुटुको समस्या तथा हृदयाघातको जोखिम बढ्ने गर्छ । ती खानेकुरा यस प्रकार छन् ।

पिज्जा तथा फ्राइड राइस

खाजामा होस् वा नाश्तामा हिजोआज पिज्जा , मम, फ्राइड राईस लगायतका फास्टफुड धेरैको रोजाईमा पर्ने गर्छ । जबकी यस्ता फास्टफुटमा मैदा तथा पोलिस गरिएको चामलको अधिकतम प्रयोग हुने गर्दछ ।

मैदा तथा पोलिस गरिएको चामललाई रिफाइन गर्दा नै त्यसमा भएको तत्व भिटामिन बी १ अर्थात थियामिन नष्ट हुने गर्छ । थियामिन नष्ट भएमा यस्ता खानालाई पचाउन कलेजोलाई गार्‍हो हुन्छ र कलेजोले उक्त प्रकि्रयालाई पूरा गर्न शरीरमै भएको भिटामिन बी १ प्रयोग गर्न थाल्छ । परिणाम स्वरुप यस्ता खानेकुराको मुटुको समस्या बढाउने गर्छ ।

चिसो पेय पदार्थ

सोडा, कोकाकोला, लगायतका चिसो पेय पदार्थ पनि स्वास्थ्यका लागि पनि निकै हानीकारक छ । सोडो तथा चिसो सय पदार्थमा चिनीको मात्रा अधिक हुन्छ । जसको सेवनले रगतमा चिनीको मात्रा त बढाउँछ नै, यसमा पाइने विभिन्न तत्वले शरीरमा डिप्रेशनका हर्मोनलाई समेत एक्टिभ राख्ने हुदाँ यसको सेवनले मुटु तथा मस्तिष्क दुवैलाई प्रभावित पार्ने गर्छ ।

पपकर्न, कफि क्रिम

कफी, त्यसमा पनि कि्रम मिसाइएको कफी मुटुको लागि निकै घातक मानिन्छ । यसै पनि दिनमा दुई-तीन कप कफी स्वास्थ्यका लागि हानीकारक मानिन्छ ।  उक्त कफीमा क्रिम  मिसाइएको छ भने त्यो अझै घातक हुन्छ किनकी उक्त कि्रममा ट्रान्सफैट हुन्छ । त्यही क्रिमलाई कतिपयले बटद स्वादको पपकर्न बनाउनमा पनि प्रयोग गरिरहेका हुन्छन् ।

वोसोयुक्त आहार

तेल तथा घयुबाट बनेका परिकारमा अधिक मात्रामा चिल्लो तथा वोसो पाइन्छ, जसको अधिक सेवनल मुटु सम्बन्धि समस्या निम्त्याउने गर्छ । विशेषगरी, समोसा, पकौडा, पुरी लगायत तेलबाट पकाइने खानेकुरामा तेल तथा क्यालोरीको मात्रा अधिक हुन्छ ।

अधिक मात्रामा क्यालोरीको सेवन शरीरमा फ्याटको रुपमा जम्मा हुन्छ । त्यसैगरी, जब तेललाई एक हटसम्म तताइन्छ, तब उक्त तेल ट्रान्सफैटमा बद्लिन्छ, जुन हृदय वा मुटुको लागि निकै हानीकारक छ ।

ननभेज

ननभेज अहार्थ। मांसहारी भोजन । मांसहारी भोजनका कयौं फाइदाहरु छन् । यसले शरीरमा मासुुबाट पाइने प्रोटिनको प्रवाह गर्दछ । तर आवश्यक्ता भन्दा बढी मात्रामा प्रोटिनको सेवन गर्नाले मुटुको समस्या निम्तने गर्छ ।

विशेषगरी, मांसाहारी भोजनमा स्याचुरेटेड फ्याट तथा कोलेस्ट्रोल अधिक मात्रामा पाइन्छ । जसल गर्दा रक्तधमनी कडा भई त्यसमा अवरोध खडा हुन्छ र हार्ट अट्याक तथा हार्ट व्लक लगायतका समस्या निम्तने गर्दछ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment