+
+

दुबई पुलिसले बन्द गर्‍यो श्रीदेवीको फाइल, बोनी कपुर आरोपमुक्त

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १५ गते २०:३१

दुबई प्रहरीलेउ बलिउड अभिनेत्री श्रीदेवीको मृत्यू सम्वन्धमा छानविन बन्द गर्दै उनका आफन्तलाई शव बुझाएको छ । उनको मृत्यू ‘बेहोस भएपछि दुर्घटनाबस पानीमा डुबेर’ भएको ठहर गर्दै प्रहरीले फाइल बन्द गरेको हो ।

यससँगै श्रीदेवीका पति बोनी कपुरले क्लीन चिट पाएका छन् । उनीमाथि आशंका गर्दै प्रहरीले घन्टौंसम्म बयान लिएको थियो ।

सुरुमा श्रीदेवीको मृत्यू कार्डियाक अरेस्टबाट भएको भनिए पनि पछि फरेन्सिक रिपोर्टले पानीमा डुबेर भएको खुलासा गरेको थियो । श्रीदेवी दुबईस्थित एउटा होटलको बाथरुममा रहेको बाथटबमा डुबेकी थिइन् । उनको रगतमा अल्कोहलको मात्रा पनि पाइएको थियो ।

उनको शव अन्त्यष्टीको लागि भारत ल्याइदै छ । मुम्बइस्थित उनको घर अगाडि हजारौं मानिसहरु अन्तिम श्रद्धान्जलीका लागि भेला भएका छन् ।

प्रहरीले श्रीदेवीको पोष्टमार्टम रिपोर्ट भने सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?