+
+

पराजुलीलाई महाअभियोग नलगाए अनसन बस्ने डा. केसीको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १६ गते १७:२५
फाइल फोटो

१६ फागुन, काठमाडौं । प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि महाअभियोग लगाउन माग गरेका छन् । नभए आमरण अनसन बस्ने उनको चेतावनी छ ।

पराजुलीविरुद्ध आन्दोलन गर्दै आएका डा. केसी र अभिवक्ता ओमप्रकाश अर्यालले शैक्षिक, चारित्रिक र स्थानान्तरण प्रमाणपत्रको सूचना माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । तर, सर्वोच्चले सूचना नदिने व्यहोरासहितको पत्र थमाउन खोजेको डा. केसीको आरोप छ ।

उनले भनेका छन्, ‘यसले हामीले माग गरेको उहाँको प्रवेशिकाको चारित्रिक प्रमाणपत्र फर्जी भएको हाम्रो आशंका पुष्टि हुने आधार थपिएको छ । यस सम्बन्धमा हामीले उपयुक्त समयमा थप कदम चाल्ने छौं ।’

डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले पदको दुरुपयोग गरी गरेको भ्रष्टाचार, माफियागिरी गरेको भन्दै उनलाई पदमुक्त गराई छाड्ने बताएका छन् ।

पराजुलीले राजीनामा दिनुपर्ने नभए महाअभियोग लगाउनुपर्ने उनको माग छ । नभए सत्याग्रहसहितका कडा कदम चाल्ने डा. केसीको चेतावनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?