+
+

होलीमा जथाभावी लोला हान्ने २७ जना पक्राउ, १३० सवारीसाधन नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १७ गते १२:४४
फाइल फोटो

१७ फागुन, काठमाडौं । काठमाडौं प्रहरी परिसरले होलीमा जथाभावी लोला हान्ने २७ जनालाई नियन्त्रणमा लिएको छ ।

परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले अनलाइनखबरलाई दिएको जानकारी अनुसार काठमाडौंको कालिमाटी क्षेत्रबाट २० जना, गंगबुबाट २ जना र बाफलबाट ५ जना पक्राउ गरेका हुन् ।

पक्राउ परेकाहरुमाथि सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा चलाइने परिसरले जनाएको छ ।

प्रहरीले होलीलाई मर्यादित र सभ्य बनाउन काठमाडौंको १ सय ६ ठाउँमा प्रहरी टोली परिचालन गरेको छ भने २० वटा मोवाइल टोली खटाइएको छ ।

बाटो छेकेर होली खेलेको पाइए अवस्थामा उनीहरूलार्इ समेत नियन्त्रणमा लिइएको छ ।

यसैबीच, होलीमा नियमविपरित रुपमा चलाइएका १ सय ३० वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार ओभरलोड, माधक पदार्थ सेवन र विना लाइसेन्स कुदाइएका सवारीसाधानलाई नियन्त्रणमा लिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?