+
+

इलाममा विष्फोट, एकको मृत्यु

रासस रासस
२०७४ फागुन २७ गते ८:२९

२७ फागुन, इलाम । इलाममा विष्फोट भएर एकजनाको मृत्यु भएको छ । इलाम नगरपालिका–९ पुवाजुङ घर भई भञ्ज्याङमा पसल गर्ने विकास राईको मृत्यु भएको हो ।

राईको शनिबार साँझ इलाम अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

घटना भएको आसपासमा सलाईका काँटीसमेत फेला परेको बताइएको छ । राईले यसअघि पनि ब्लास्टिङ पड्काएर माछा मार्ने गरेको खुलेको प्रहरीको भनाइ छ ।

माछा मार्न ब्लास्टिङ बनाउने क्रममा विष्फोट भएर नै उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?