+
+

प्रहरीको ‘स्विप अपरेशन’मा तीन दर्जन पक्राउ

रासस रासस
२०७४ फागुन २७ गते ८:५२
सांकेतिक फोटो

२७ फागुन । महानगरीय प्रहरी प्रभाग गोँगबुको ‘स्विप अपरेशन’मा ३६ जना व्यक्ति पक्राउ परेका छन् ।

प्रभागले महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, बालाजु, गौशाला र स्वयम्भूको सहयोगमा शनिबार राति गरेको अपरेशनमा उक्त व्यक्ति पक्राउ परेका हुन् ।

प्रहरीले बसपार्क क्षेत्रमा सञ्चालित होटल, रेष्टुरेन्ट, खाजाघर, फ्ल्याट भाडामा लिएर यौन व्यवसाय सञ्चालन गर्नेलाई पक्राउ गरेको हो ।

प्रभागका प्रमुख प्रताप पौडेलले १२० प्रहरीको सहयोगमा गरिएको अनुसन्धानमा पक्राउ परेकालाई थप अनुसन्धान भइरहेको जानकारी दिए । ‘हामी अनुसन्धान गर्छौं, अनुसन्धानमा गल्ती देखिए मुद्दा चलाउँछौँ,’ उनले भने ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?