+
+

ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा रामेछापको बेतालीमा

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ७ गते १०:१३


७ चैत, काठमाडौं । ग्लोबल आइएमई बैंकले रामेछाप जिल्लाको गोकुलगंगा गाँउपालिका वडा नं. ४, बेतालीमै ७९ औँ शाखारहित बैकिङ सेवा सुरु गरेको छ ।
उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय पुष्कर कार्कीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

यसका साथै ग्लोबल आइएमई बैंकले मिति चैत्र ६ गते नै वित्तीय साक्षरता जगाउने उद्देश्यले रामेछाप जिल्लाको गोकुलगंगा गाँउपालिका वडा नं. ४, बेतालीमा ँवित्तीय साक्षरता कार्यक्रमू संचालन गरेको छ ।

उक्त कार्यक्रममा ग्लोबल आइएमई बैंकका ‘तालिम तथा बैंकिङ्ग बिज्ञ’ पुर्णमान नापितले बेताली क्षेत्रमा बसोबास गर्ने विद्यार्थी, व्यापारी, सरकारी तथा गैह्र सरकारी कर्मचारी, आमा समूह तथा अन्य स्थानीय बासीहरुलाई बैंक तथा वित्तीयको बारेमा जानकारी गराए ।

उक्त कार्यक्रममा १०० जना भन्दा बढीको उपस्थिति थियो । कार्यक्रममा सहभागीहरुले ग्लोबल आइएमई बैंक लि. ले आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेर बैंक तथा वित्तीय संस्थाको आवश्यकता र औचित्यको बारेमा जानकारी प्रदान गरेकोमा बैंकप्रति आभार व्यक्त गरेका थिए । साथै उनीहरुले ग्लोबल आइएमई बैंक लि. ले प्रदान गर्ने विभिन्न सेवाहरुको बारेमा प्रश्न गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?