+
+

कर छलेर ल्याएको इन्डोनेसियाको चुरोटसहित भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ११ गते १६:३६


११ चैत, काठमाडौं । प्रहरीले कर छलेर ल्याइएको इन्डोनेसियाको चुरोटसहित भारतीय नागरिक राहजित अब्दुल रज्जाकलाई पक्राउ गरेको छ ।

डेढ लाख मूल्यको ६० कार्टुन चुरोटसहित ५२ वर्षका उनलाई काठमाडौंको सुन्धाराबाट पक्राउ गरिएको महानगरी प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

एक खिलीको ७० देखि १६० रुपैयाँसम्म पर्ने उक्त चुरोट रज्जाकले ठमेलबाट मुम्बई लैजान किनेको प्रहरीसँग बताएका छन् ।

उनले मुम्बईबाट कसैले ल्याउन भनेपछि ठमेलबाट मुम्बई लैजान खोजेको बयान दिएको काठमाडौं परिसर प्रमुख विश्वराज पोखरेलले बताएका छन् ।

काठमाडौं परिसरको स्वीप अपरेसन अभियानका क्रममा उनी पक्राउ परेका हुन् । उनलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा बुझाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?