+
+

आमाको उपचार खर्च जुटाउन लागूऔषध अोसारपसार !

सुरेश बिडारी सुरेश बिडारी
२०७४ चैत १२ गते १७:४१

वीरगञ्ज, १२ चैत । पर्सा प्रहरीले चरेश र गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण थाना रक्सौल सुक्ला कोलोनी-८ का २० वर्षीय पवन गुप्ता र विन्दबासिनी गाउँपालिका-५, प्रसौनीभाठाका ७० वर्षीय महोदिन देवान छन् ।

जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलनको आयोजना गरेर सोमबार उनीहरुलाई सार्वजनिक गरेको हो ।

वीरगञ्ज महानगरपालिका-१६ स्थित सडक खण्डमा चेकजाँचका क्रममा गत चैत १० गते पवनको साथबाट ८ वटा प्याकेटमा रहेको ४ किलो चरेश फेला परेको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले बताए ।

‘प्रारम्भिक अनुसन्धानको क्रममा गुप्ताले भारत घर भई वीरगञ्ज–१६ नगवामा डेरा गरी बस्ने एक रिक्सा चालकले गुप्तालाई उसकै कोठामा लगेर शरीरमा फिट गराएर पठाएको बुझिएको छ’, उनले भने, ‘त्यसरी चरेश रक्सौल पुर्‍याएवापत उसलाई ५ हजार दिने गरिएको रहेछ ।’

बयानका क्रममा उनले बुवाको मृत्युपछि आमाको उपचार गर्ने जिम्मा आफ्नै काँधमा आएको र अन्य आय स्रोत नभएकोले चरेश ओसारपसार गर्ने कार्य गर्ने गरेको बताएका छन्

प्रहरी उपरीक्षक रेग्मीका अनुसार गुप्ताले यसअघि पनि पटकपटक चरेश बोकेर रक्सौल पुर्‍याइसकेको तथ्य खुलेको छ ।

बयानका क्रममा उनले बुवाको मृत्युपछि आमाको उपचार गर्ने जिम्मा आफ्नै काँधमा आएको र अन्य आय स्रोत नभएकोले चरेश ओसारपसार गर्ने कार्य गर्ने गरेको बताएका छन् ।

डेरा पत्ता लगाई खानतलासी गर्दा चरेशको नमुना, भारतीय सीमकार्डहरु, प्याकिङ गर्न प्रयोग गर्ने प्लाष्टिकको थैलीहरु, बैंकको भौचर, मोबाईल र चरेशको प्याकेट बोक्न प्रयोग गरिने कपडाको फित्ता, प्याकिङ टेपहरु मात्रै बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गुप्ताविरुद्ध लागूऔषध सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

कटुवा पेस्तोलसहित एक पक्राउ

यसैबीच, प्रहरीले मेड ईन जापान लेखिएको कटुवा पेस्तोलसहित पक्राउ परेका एक जनालाई पनि सार्वजनिक गरेको छ ।

पर्साको कालिकामाई गाउँपालिका–४, बलुवाटोलका ६२ वर्षीय हुसेन मियाँलाई सार्वजनिक गरिएको हो ।

गत चैत १० गते झै–झगडा भएको भन्ने सूचना पाएर सुरक्षा बेस क्याम्प सुर्जाहाकट्टीबाट खटिएको प्रहरी टोलीले मियाँलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको थियो ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?