+
+

कलेजको होस्टलमा छात्राहरुलाई नाङ्गो बनाइयो

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १३ गते १७:४७

भारतको मध्यप्रदेशस्थित हरिसिंह गौर विश्वविद्यालयमा केही छात्राहरुलाई आफ्नो कपडा खोल्न बाध्य पारिएको घटनाले चर्को रुप लिएको छ ।

विश्वविद्यालयका कुलपतिलाई कारवाहीको आदेश दिइएको छ भने होस्टलको केयरटेकरलाई निश्कासित गरिएको छ ।

विश्वविद्यालयको रानी लक्ष्मीबाई होस्टल परिसरमा २४ मार्चमा एउटा प्रयोग गरिएको सेनिटरी प्याड भेटिएको थियो ।

त्यसपछि छात्राहरुसँग सोधपुछ गर्ने क्रममा निर्वस्त्र बनाएर महिनावारी भए-नभएको जाँच गरिएको हो ।

नाम नछाप्ने शर्तमा एक छात्राले भनिन्, ‘हामीमाथि जे भयो, त्यस विषयमा बोल्न पनि सक्दैनौं । हामीमाथि हदैसम्मको दुव्र्यवहार भयो । मेरा केही साथीहरु भाउन्न भएर अस्पतालमा भर्ति भएका छन् ।’

कुलपति आरपी तिवारीले भने घटनाको अनुसन्धान गर्न आदेश दिएका छन् । अनुसन्धानको रिपोर्ट तीन दिनभित्र आउनेछ ।
तिवारीले भने, ‘को दोषि छ भन्ने निक्र्यौलमा पुगिसकेका छैनाैं । अनुसन्धानमा जो दोषी भेटिनेछ, उमाथि उचित कारवाही गरिनेछ । साथै यस प्रकारको घटना भविष्यमा नदोहोरियोस भनेर सचेतता अपनाउने छौं ।’

छात्राहरुका अनुसार होस्टलको ग्यालरीमा केही रगतको दाग भेटिएका थिए, जुन बाथरुमसम्म देखिएको थियो ।

त्यही बाथरुमको ढोकामा सेनिटरी प्याड फालिएको थियो । त्यसपछि छात्राहरुलाई यो कसको काम हो भनेर सोधियो । तर, कोही बोलेनन् । त्यसपछि एक-एक छात्रालाई नंग्याएर उनीहरुको गोप्य अंगको परिक्षण गरिएको थियो ।

प्रदेशकी मन्त्री माया सिंहले दोषिमाथि कारवाही गरिने प्रतिवद्धता जनाएकी छिन् ।

कलेजको होस्टलमा छात्राहरुलाई नाङ्गो बनाइयो

भारतको मध्यप्रदेशस्थित हरिसिंह गौर विश्वविद्यालयमा केही छात्राहरुलाई आफ्नो कपडा खोल्न बाध्य पारिएको घटनाले चर्को रुप लिएको छ ।

विश्वविद्यालयका कुलपतिलाई कारवाहीको आदेश दिइएको छ भने होस्टलको केयरटेकरलाई निश्कासित गरिएको छ ।

विश्वविद्यालयको रानी लक्ष्मीबाई होस्टल परिसरमा २४ मार्चमा एउटा प्रयोग गरिएको सेनिटरी प्याड भेटिएको थियो । त्यसपछि छात्राहरुसँग सोधपुछ गर्ने क्रममा निर्वस्त्र बनाएर महिनावारी भए-नभएको जाँच गरिएको हो ।

नाम नछाप्ने शर्तमा एक छात्राले भनिन्, ‘हामीमाथि जे भयो, त्यस विषयमा बोल्न पनि सक्दैनौं । हामीमाथि हदैसम्मको दुव्र्यवहार भयो । मेरा केही साथीहरु भाउन्न भएर अस्पतालमा भर्ति भएका छन् ।’

कुलपति आरपी तिवारीले भने घटनाको अनुसन्धान गर्न आदेश दिएका छन् । अनुसन्धानको रिपोर्ट तीन दिनभित्र आउनेछ ।

तिवारीले भने, ‘को दोषि छ भन्ने निक्र्यौलमा पुगिसकेका छैनांैं । अनुसन्धानमा जो दोषी भेटिनेछ, उमाथि उचित कारवाही गरिनेछ । साथै यस प्रकारको घटना भविष्यमा नदोहोरियोस भनेर सचेतता अपनाउने छौं ।’

छात्राहरुका अनुसार होस्टलको ग्यालरीमा केही रगतको दाग भेटिएका थिए, जुन बाथरुमसम्म देखिएको थियो ।

त्यही बाथरुमको ढोकामा सेनिटरी प्याड फालिएको थियो । त्यसपछि छात्राहरुलाई यो कसको काम हो भनेर सोधियो । तर, कोही बोलेनन् । त्यसपछि एक-एक छात्रालाई नंग्याएर उनीहरुको गोप्य अंगको परिक्षण गरिएको थियो ।

प्रदेशकी मन्त्री माया सिंहले दोषिमाथि कारवाही गरिने प्रतिवद्धता जनाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?