+
+

प्रधानन्यायाधीशका लागि वरिष्ठ न्यायाधीशको अभिलेख पठाइयो

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १३ गते १८:२९


१३ चैत,काठमाडौं । न्यायपरिषदले भावी प्रधानन्यायाधीशको सिफारिसका लागि संवैधानिक परिषदलाई तीनजना वरिष्ठतम् न्यायाधीशहरुको अभिलेख पठाएको छ ।

परिषदको मंगलबारको बैठकले कामु प्रधानन्यायाधीश दीपकराज जोशीसहित वरीयताका आधारमा दोस्रो र तेस्रो नम्बरमा रहेका ओमप्रकाश मिश्र र चोलेन्द्र शमसेर जबराको अभिलेख संवैधानिक परिषदमा पठाएको हो ।

तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले राजीनामा दिएपछि रिक्त पदमा नियुक्त हुन बाँकी छ । संवैधानिक परिषदले सिफारिसमा राष्ट्रपतिले प्रधानन्यायाधीश गर्ने संवैधानिक व्यवस्था छ ।

न्यायपरिषदले वरिष्ठतम् न्यायाधीशको अभिलेख पठाएको सचिव नृपध्वज निराैलाले बताए ।

सामान्यतः सर्वाेच्च अदालतका वरिष्ठतम् न्यायाधीश नै प्रधानन्यायाधीश हुने परम्परा छ । अन्य दुई न्यायाधीशको नाम अभिलेखका रुपमा मात्र पठाइने प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?