+
+

अल्जेरियामा सैनिक विमान दुर्घटना,१०० बढीको मृत्युको आशंका

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २८ गते १५:१३

२८ चैत, काठमाडौं । अल्जेरियामा सैनिक जहाज दुर्घटना हुँदा एकसय जना भन्दा बढी मारिएको आशंका गरिएको छ ।

स्थानीय समय अनुसार बुधबार विहान राजधानी अल्जियर्स नजिकैको बौफारिक मिलिटरी एयरपोर्ट नजिकै दुर्घटना भएको  स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । १५ भन्दा बढी एम्बुलेन्सले घाइते र मृतकहरुलाई अस्पताल लगिरहेको दृश्य स्थानीय टेलिभिजनहरुले देखाएका छन् ।

आधिकारिक निकायले भने मृत्युबारे केही बताएको छैन । यसअघि ४ वर्षअघि सैनिक विमान दुर्घटना हुँदा ७७ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?